३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल

कोरला नाकाको पूर्वाधार निर्माणलाई उच्च प्राथमिकतामा राखौँ: अध्यक्ष ढकाल
अ+ अ-

काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

कोरला नाकाको भ्रमणका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले कोरला नाकामा पूर्वाधार निर्माण गर्नेकुरालाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभएको हो ।

उहाँले कोरला नाका नेपालको लागि नाका भएको बताउँदै कोरला नाका नेपाल—भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाका भएको बताउनु भयो । कोरलाबाट नेपालले दुवै देशसँग फाइदा लिनसक्ने उल्लेख गर्नुभयो । उहाँले सडक पूर्वाधारको हिसावले सुनौलीदेखि कोरलासम्म नै पुगेको तर अन्य आधारभुत पूर्वाधार बनाउन नेपालले नसकेको गुनासो गर्नुभयो । उहाँले अधिकांश सडकहरु पनि कालोपत्रे भइसकेकाले सरकारले उच्च महत्व दिएर कोरला नाकामा पूर्वाधार निर्माण बढाउनुपर्ने बताउनु भयो । उहाँले पोखरा पुगेका अधिकांश पर्यटकको रोजाई कोरला नाका हुने गरेको भन्दै पर्यटन, व्यापार र आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण हुने दाबी गर्नुभयो । उहाँले चीनको तर्फबाट मात्रै नाकामा पूर्वाधार तयार भइसकेको तर नेपालले छिटो गरी पूर्वाधार तयार गर्न नसक्दा आर्थिक क्रियाकलापमा क्षति भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कोरला नाका नेपालको लागि निकै महत्वपूर्ण नाका हो । भारत र चीनलाई जोड्ने सबैभन्दा नजिकको नाकाको रुपमा यो नाका रहेको छ । अहिले सडक पूर्वाधारको हिसाव गर्दा सुनौलीदेखि यहाँसम्म सडकको पूर्वाधार बनेको छ । धेरै जसो ठाउँमा पिच भइसकेको छ भने कतिपय ठाउँमा यसलाई सुधार गर्नुपर्छ । सडकको हिसावले सुनौलि नाकादेखि यो कोरला नाका जोडिसकिएको अवस्था छ । नेपाल आउने अधिकांश पर्यटकहरुमध्ये, जस्तो पोखरा आउने अधिकांश पर्यटकहरु करिव ५० प्रतिशतमध्ये अधिकांश पर्यटक कोरला नाका, मुस्ताङ आउँछन् । त्यसैले पनि पर्यटनको हिसावले पनि यो नाका त्यत्तिकै महत्वपूर्ण छ ।

व्यवसायिक एक्टिभिटी, ट्रेडको हिसावमा पनि कोरला नाका निकै नै आर्थिक गतिविधि बढाउनका लागि महत्वपूर्ण छ । चीनको तर्फबाट बोर्डरमा पूर्वाधारहरु तयार भएको छ । हाम्रो तर्फबाट पूर्वाधार केही पनि तयार भएको अवस्था रहेनछ । यो दुई देशको बोर्डरमा बेसिक लेभलको इन्फास्ट्रक्चर बनाउनसके कोरला नाकाबाट पर्यटन गतिविधि, व्यापारजन्य क्रियाकलापबाट धेरै फाइदा नेपालले लिनसक्छ । बेसिक स्तरको पूर्वाधार बनाउने कुरा त्यति खर्चिलो हुन्छ जस्तो मलाई लाग्दैन । सरकारले तुरुन्तै यहाँ बेसिक पूर्वाधार बनाउनुपर्छ । यो नाका धेरै प्राथमिकता दिएको नाका हो । निजी क्षेत्रले पनि त्यसरी नै हेरेको छ ।’

अध्यक्ष ढकालले कोरला नाका सरकार र निजी क्षेत्रका साथै दुई छिमेकी देशले पनि विशेष प्राथमिकता दिएको नाका भएको बताउनु भयो । नेपाल र चीनलाई जोड्ने अहिले सञ्चालनमा रहेका तातोपानी र रसुवा नाका भूगोलका हिसावले कमजोर रहेको र समस्या आइरहने भएकाले कोरला नाकालाई प्राथमिकता दिँदा स्थायी रुपमा पारवहन र व्यापार गर्न सकिने एवं नेपालले अन्य धरै लाभ लिनसक्ने बताउनु भयो ।