२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फूलपातीका दिन शक्तिपीठमा दर्शनार्थीको घुइँचो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बडादशैंको आज फूलपाती । देवी भगवती दुर्गाको पूजा आराधना गरी फूलपाती भित्र्याइँदै छ । आज देशभरका शक्तिपीठहरुमा देवीको पूजा अर्चना गर्नेहरुको भिड लागेको छ ।

काठमाडौंका भद्रकाली, नक्शाल भगवती, गुह्वेश्वरी, मैतीदेवी, कालिकास्थान, महांकाल, शंकटा, नरदेवी, इन्द्रायणी र शोभाभगवतीमा देवीको पूजा आराधनाका लागि भक्तजनहरुको घुइँचो छ ।

सरकारी कार्यालयहरु आजदेखि बिदा भएका छन् । मानिसहरु बिहानैदेखि शक्तिपीठमा पुगेर पूजाआराधना गरिरहेका छन् ।

यस पटकको महाष्टमी र महानवमी भने भोलि एकै दिन परेको छ । महाअष्टमीमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गर्ने शास्त्रोक्त कथन छ। भोलि देशभरका विभिन्न शक्तिपीठहरुमा पशुबली दिने समेत गरिन्छ ।