३१ जेष्ठ २०८३, आईतवार
,
Latest
सगेन्द्र सिंह बने ‘मिस्टर महानगर २०८२’, काठमाडौं महानगरको दोस्रो संस्करण सम्पन्न लुम्बिनी प्रदेशको बजेट असार १ गते सार्वजनिक हुँदै, कृषि र रोजगारीमा विशेष जोड सरकारले युवालाई सीप, रोजगार र उद्यमसँग जोड्ने कामलाई राष्ट्रिय अभियानको रुपमा अघि बढाएको छः मन्त्री… अर्थमन्त्रीद्वारा कर प्रणाली र सार्वजनिक सेवामा आमूल सुधारको घोषणाः साना उद्यमीलाई ‘आममाफी’ र डिजिटल सेवामा… मुलुक विगत १५ वर्षदेखि स्वार्थ समूहको कब्जामा थियो, नेताहरू उनीहरूको गोजीमा छन्ः अर्थमन्त्री वाग्ले पार्टीभित्रको विभाजन र आन्तरिक विवादका कारण कांग्रेस कमजोर बन्दै गयाेः नेता काेइराला युवाको सपना नेपालमै पूरा हुने वातावरण बनाउन बजेट ल्याइएको छ : अर्थमन्त्री डा. वाग्ले नवीकरणीय ऊर्जा र ऊर्जा दक्षता कार्यक्रम सरकारको प्राथमिकतामा अब मुलुकमा आन्दोलन शुरु हुन्छ, गणतान्त्रिक शासन व्यवस्था समाप्त हुन्छः दुर्गा प्रसाईं राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढ्यो



symbolic picture
अ+ अ-

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बाजरमा परिसूचक नेप्से बढेको छ । परिसूचक नेप्से १ दशमलव ५७ प्रतिशत अर्थात २५ दशमलव ९८ अंकले बढेर १ हजार ६ सय ७८ दशमलव ७९ अंकमा बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि ५ दशमलव शुन्य ६ अंकले बढेर ३ सय ३० दशमलव ३९ अंकमा बन्द भएको छ । अहिले बैंक तथा वित्तीय संस्था लगायतका कम्पनीहरुले गत वर्षको नाफाबाट लाभांश घोषणा गर्ने समय हो । त्यसैले बजारमा शेयरको माग बढन जाँदा परिसूचक नेप्सेमा सकारात्मक असर परेको देखिन्छ । यस्तै चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणहरु पनि प्रकाशित भइराखेको र कतिपय कम्पनीले राम्रो वासलात तयार पारेकाले लगानीकर्ता आकर्षित भएको हुनसक्छ । कोभिडको समयमा पनि कम्पनीहरुको वित्तीय विवरणमा तुलनात्मक रुपमा खासै असर नपरेपछि लगानीकर्ताले शेयरमा लगानी बढाएको देखिन्छ ।

आज (मंगलबार) मात्रै बजारमा ४ अर्ब ९ करोड ६१ लख ९० हजार २ सय ५६ रुपैयाँ बराबरको ९६ लाख ५७ हजार ६ सय ७७ कित्ता शेयर खरिदविक्री भएको छ । कारोबारमा आएका समूह मध्ये जलविद्युत र म्युचुअल फण्ड बाहेकका सबै समूहका सूचकहरु बढेका छन् । सबैभन्दा धेरै व्यापार समूह ७ दशमलव ८७ प्रतिशतले बढेको छ । यस्तै होटल समूह ४ दशमलव ९१ प्रतिशत, जीवन बीमा समूह ४ दशमलव ८७ प्रतिशत, अन्य समूह ४ दशमलव २ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह १ दशमलव ९४ प्रतिशत, उत्पादन तथा प्रसोधन समूह १ दशमलव २८ प्रतिशत, बैंकिङ समूह शुन्य दशमलव ५५ प्रतिशत, वित्त समूह शुन्य दशमलव ४४ प्रतिशत, विकास बैंक समूह शुन्य दशमलव ३९ प्रतिशत र लघुवित्त समूह शुन्य दशमलव १८ प्रतिशतले बढेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशन र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै सानिमा जनरल इन्स्यारेन्सको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत र नेपाल दुरसञ्चार कम्पनीको शेयर मूल्य ९ दशमलव ४९ प्रतिशतले बढेको छ । शेयर मूल्य घटेका कम्पनीहरु मध्ये बिसाल बजार कम्पनीको शेयर मूल्य सबै भन्दा धेरै ४ दशमलव ६१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । यो कम्पनीको २८ करोड ५३ लाख ३२ हजार रुपैयाँ बढीको कारोबार भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर कारोबार पनि २३ करोड ५८ लाख ४४ हजार रुपैयाँ बढीको भएको छ । २० करोड भन्दा माथि शेयर कारोबार हुनेमा हिमालयन डिस्टिलरी र नेपाल दुरसञ्चार कम्पनी रहेका छन् ।




भर्खरै