१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत

फोक्सिङटारको पुल बगाएपछि श्रमदानमार्फत मर्मत
lbQm]n–rv]jfe~Hofª ;8sdf >dbfg vf]6fª, @) c;f]h M lbQm]n–ufO{3f6 ;8sv08sf] ;'gsf]zLl:yt kmf]lS;ª6f/sf] df]6/]an k'n af9Ln] aufP/ cj?4 ePkl5 ljsNksf] ?kdf lbQm]n–rv]jfe~Hofª ;8s k|of]u ug]{u/L >dbfgdf k|of]u ul/Psf] d]l;g/L cf}hf/ . sRrL cj:yfdf ;~rflnt afFem]Rofg8fF8fb]lv rv]jfe~Hofª;Dd -bz lsnf]ld6/_ ;8s clj/n jiff{sf sf/0f lalu|P/ cj?4 ePkl5 k'gM ;~rfngdf Nofpg hgk|ltlglw, /fhgLlts bnsf k|ltlglw, ;'/Iff lgsfo nufotn] b'O{ lbg nuP/ dd{t u/]sf x'g . t:jL/ M s]bf/ du/÷/f;;
अ अ+ अ-

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डको सुनकोशीस्थित फोक्सिङटारको मोटरेबल पुल बाढीले बगाएर अवरुद्ध भएपछि विकल्पका रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक प्रयोग गर्नेगरी श्रमदानमार्फत मर्मत गरिएको छ ।

कच्ची अवस्थामा सञ्चालित बाँझेच्यानडाँडादेखि चखेवाभञ्ज्याङसम्म ९दश किलोमिटर० सडक अविरल वर्षाका कारण बिग्रिएर अवरुद्ध भएपछि पुन: सञ्चालनमा ल्याउन जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायलगायतले दुई दिन लगएर मर्मत गरेका हुन् ।

सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल यही असोज १२ गते दिउँसो आएको भीषण बाढीले बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्णरुपमा अवरुद्ध छ । मोटरेबल पुलका कारण अवरुद्ध सडक मर्मत गरेर पुन: सञ्चालनमा ल्याउन समय लाग्ने भएपछि प्रतिनिधिसभा सदस्य एवम् नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र
(का पोलिटब्यूरो सदस्य रामकुमार राईको नेतृत्वमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक सञ्चालनमा ल्याउन श्रमदान गरिएको हो ।

अवरुद्ध सडक सर्वपक्षीय टोलीले दुई दिन लगाएर मर्मत गरेपछि पुन: सञ्चालनमा आएको जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले जानकारी दिनुभयो ।

“चाडपर्वको पूर्वसन्ध्यामा फोक्सिङटारको पुल बगाएपछि दिक्तेल–गाईघाट सडक पूर्णरुपमा अवरुद्ध भएको छ । पूर्वी तराईबाट जिल्ला प्रवेश गर्ने सबैभन्दा छोटो मार्गमा पर्ने दिक्तेल–गाईघाट सडक फोक्सिङटार पुलका कारण अवरुद्ध भएपछि विकल्पको रुपमा दिक्तेल–चखेवाभञ्ज्याङ सडक उपयोग गर्नुपर्ने बाध्यता सिर्जना भयो”, उहाँले भन्नुभयो, “अविरल वर्षाका कारण दिक्तेल–चखेवाभञ्ज्याङ सडकसमेत हिलो, पहिरो र खाल्डाखुल्डीले हिँड्नै नसकिनेगरी बिग्रिएको थियो । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको सडक अवरुद्ध भएपछि दुई दिन लगाएर ग्राबेल बिच्छ्याइएसँगै यात्रा गर्न मिल्ने बनाएका छौँ ।”

अवरुद्ध सडक मर्मतका लागि डिभिजन वन कार्यालय खोटाङ, सिँचाइ, स्वास्थ्य कार्यालय, हलेसी पेट्रोल पम्प लगायतले मेसिनरी औजारमा प्रयोग हुने इन्धन उपलब्ध गराएको थियो ।

शुक्रबार र शनिबार सञ्चालन गरिएको श्रमदानमा छसय लिटर डिजेल खर्च भएको जिल्ला समन्वय प्रमुख राईले जानकारी दिनुभएको छ ।

जनप्रतिनिधिले सञ्चालन गरेको श्रमदानमा जिल्लास्थित निर्माण व्यवसायी, साकेला गाउँपालिका, मध्यपहाडी लोकमार्ग, सडक डिभिजन कार्यालय लगायतले टिपर, डोजर, ट्याक्टरलगायतका उपकरण उपलब्ध गराएको थियो ।

फोक्सिङटारमा निर्माण गरिएको मोटरेबल पक्की पुल विसं २०७९ पुसमा सञ्चालनमा ल्याइएको थियो ।

खोटाङबाट तराईका जिल्लासँग सिधा सम्पर्क हुने दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा निर्माण गरिएको उक्त मोटरेबल पक्कीअसोज–१२ गते आएको भीषण बाढीले बगायो ।

खोटाङ्गे जनताको दैनिकीसँग जोडिएको दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटार पुल बाढीले बगाएपछि पूर्वी तराईका जिल्लासँगको सिधा यातायात सेवा विच्छेद भएको छ ।

खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने ‘आर्क’ डिजाइनको मोटरेबल पक्की पुल १२० मिटर लामो थियो ।

उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजनप्रसाद आचार्यले भन्नुभयो, “जिल्लामा प्रयोग हुने निर्माण सामग्री तथा दैनिक उपभोग्यवस्तु फोक्सिङटार पुल भएरै जिल्ला भित्र्याइन्थ्यो । पुल नहुँदा खोटाङ्गे जनताका लागि दु:खको कुरा हो”, उहाँले भन्नुभयो, “फोक्सिङटारको मोटरेबल पक्की पुल बगाएपछि जिल्लाको विकास दश वर्ष पछाडि धकेलिएको छ । यसप्रति सम्बन्धित निकायले बेलैमा ध्यान दिन जरुरी छ ।” रासस