१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी

सुनको दैनिक आयात कोटा बढाउन तयार छौँ: उद्योगमन्त्री भण्डारी
अ अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आायत गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताउनुभएको छ ।

नेपाल रत्न तथा आभूषण संघ, १९ औं वार्षिक साधारण सभालाई शनिवार काठमाडौंमा सम्बोधन गर्दै उहाँले सुनको कोटा बढाउन तयार रहेको बताउनुभएको हो ।

अहिले नेपाल राष्ट्र बैंकले दैनिक आयात हुने सुनको कोटा २० केजी पुयाएको छ । वाणिज्य बैंकहरुले प्रतिदिन २० केजी सुन आयात गर्न पाउँछन् । तर आवश्यकता परेको भए प्रतिदिन ४० केजीसम्म भएपनि सुनको कोटा बढाउन सकिने उद्योगमन्त्री भण्डारीले बताउनु भयो ।  मन्त्रालय सुनको कोटा प्रणालीलाई संशोधन गरेर जान तयार रहेको बताउनु भयो । उहाँले गरगहना क्षेत्रको रोजगारी र व्यवसाय जोगाउन सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले कुनै व्यक्तिले विदेशबाट नेपाल आयात गर्दा तयारी वस्तुलाई मात्रै आयात गर्न दिइएको र कच्चा पदार्थको रुपमा ल्याउँदा सरकारले प्रतिवन्ध लगाएको भन्दै यस बारेमा पनि छलफल गर्न सरकार तयार रहेको बताउनु भयो । उहाँले सरकार निजी क्षेत्रसँग सहकार्य गर्ने पक्षमा रहेको भन्दै निजी क्षेत्रलाई फरक आँखाबाट हेर्नुपर्ने स्थिति नरहेको बताउनु भयो । उहाँले निजी क्षेत्रसँग सहकार्य र सहयात्रा गर्न सरकारले चाहेको तर त्यसमा व्यवसायिक शुद्धता आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकार निजी क्षेत्रसँग सहकार्य गर्ने पक्षमा नै छ । निजी क्षेत्रलाई फरक आँखाबाट हेर्नुपर्ने छैन । हामी सहकार्य र सहयात्रा गर्न चाहन्छौँ । त्यसमा पनि व्यवसायिक शुद्धता सरकारले चाहेको छ । सरकारसँग विभिन्न कोणबाट व्यवसायीहरुले छलफल, माग र सुझाव दिनुभएको नै छ । यसलाई सरकार सम्बोधन गर्न तयार नै छ । व्यवसायिक हिसावले पनि हामीले सुनसँग सम्बन्धित कारोबार गर्ने संस्थाहरुसँग पनि हाम्रा केही प्रश्नहरु छन् । आज राष्ट्रबैंकबाट कन्जुमरको हातसम्म पुग्दा कति वटा नाकाहरु पार गर्नुपर्छ, यो तपाईं हामी सबैले बुझेकै छौँ । यसको कोटा प्रणालीलाई पनि संशोधन गरौँ । आज २० केजी छ, यसलाई ४० केजी बनाउनु पर्छ की कति बनाउनु पर्छ, सरकार तयार छ । कति आवश्यक छ । योसँग रोजगारी र व्यवसाय छ, त्यसलाई पनि जोगाउन सरकार तयार छ ।

आज पनि आयात गर्दा कुनै व्यक्तिले विदेशबाट नेपाल आयात गर्दा तयारी वस्तुलाई आयात गर्न दिएका छौँ र रमेटिरियलको रुपमा आउँदा सरकारले प्रतिवन्ध गरेको छ । त्यसमा पनि सरकार छलफल गर्न तयार छ । हामीले त्यसलाई रमेटिरियलको रुपमा ल्याएर गुड फ्रिस गरेर पनि पठाउने कुरामा पनि कहाँ कसरी गर्नुपर्छ त्यसमा पनि सरकार तयार छ । यो व्यवसायिकतालाई जोगाउनु पर्छ । यसको नियमन सबैले देख्ने र बुझ्ने गरी गरौँ । ड्युटी कति लगाउनु पर्छ त्यसमा पनि छलफल गरौँ । नेपालको व्यवसायिकताबाट अरुले लाभ लिइरहेका छन्, यसमा पनि छलफल गरौँ ।’

मन्त्री भण्डारीले एकले अर्कोलाई दोषारोपण गरेर मुलुक बन्न नसक्ने बताउनु भयो । कानूनका अभाव र जटिलतालाई समाधान गरेर अघि बढ्न सरकार प्रतिवद्ध रहेको बताउनु भयो । निजी क्षेत्रले चिन्ने र बुझ्ने गरी र लगानीकर्ताले अब नेपालमा लगानीको वातावरण नीतिगत रुपमा सुधार भएको महशुस गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनु भयो । उहाँले आगामी संसद अधिवेशनमा धेरै भन्दा धेरै कानूनहरु पारित गर्नेगरी अघि बढ्ने बताउनु भयो । अत्यावश्यक वस्तुहरुको सहज आपूर्तिलाई व्यवस्थित गर्ने काममा सरकार लागिरहेको बताउनु भयो ।