२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार



फाईल फोटो
अ+ अ-

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।  गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङगरको उद्धार गरिएकोसो कार्यालयले जनाएको छ ।

दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।  उद्धार गरिएका अजिङगरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङगर भेटिएको थियो ।

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले  अजिङ्गरको उद्धार गरेको  डिभिजन वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उहाँले भन्नुभयो,  “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पुर्‍याउने गर्दछ ।”

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन 

तनहुँ झण्डै तीन हजार मेट्रिकटन मास उत्पादन हुने गरेको छ । धान खेती नहुने, पानी नलाग्ने र सुक्खा बारीमा मासको व्यावसायिक रुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो ।

यहाँ उत्पादित मास जिल्लाभित्रै खपत भई बाँकी पोखरा, नारायणगढ, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको छ, उहाँले भन्नुभयो, “मास उत्पादक किसानले गतवर्ष प्रति पाथी रु आठ सयमा बिक्री वितरण हुने गरेको छ ।”

जिल्लामा तीन हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा मास खेती हुँदै आएको छ । गतवर्ष दुई हजार नौ सय साठी मेट्रिकटन मास उत्पादन हुने गरेको प्रमुख वरिष्ठ कृषि विकास अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

यसवर्ष वर्षालगायतका मौसम राम्रो रहेकाले मास उत्पादनमा वृद्धि हुने विश्वास लिइएको उहाँले बताउनुभयो । जिल्लाका ऋषिङ, घिरिङ, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, व्यास, भानु आँबुखैरेनी, देवघाट लगायतका पालिका मास खेतीका लागि पकेट क्षेत्रका रुपमा लिइने गरिएको छ ।

त्यसैगरी कार्यालयले रैथाने बाली संरक्षणअन्तर्गत कोदो बाली उत्पादनका लागि प्रोत्साहन कार्यक्रम ल्याएको छ । रैथाने बाली उत्पादनमा ५० प्रतिशत अनुदानमा बीउ र कोदो चुट्ने थेसर मेसिन दिने गरिएको छ । जिल्लामा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । कार्यालयका अनुसार गतवर्ष मात्रै सात हजार मेट्रिकटन उत्पादन भएको थियो । पछिल्लो समय कोदोको माग बढ्दै जान थालेपछि कोदो खेतीतर्फ किसानको आकर्षण पनि बढेको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो । कोदोमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ । रासस