१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार

तनहुँमा छ महिनामा चार अजिङ्गरको उद्धार
फाईल फोटो
अ अ+ अ-

तनहुँ । डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।  गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङगरको उद्धार गरिएकोसो कार्यालयले जनाएको छ ।

दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।  उद्धार गरिएका अजिङगरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङगर भेटिएको थियो ।

विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।

सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले  अजिङ्गरको उद्धार गरेको  डिभिजन वन कार्यालयले जनाएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उहाँले भन्नुभयो,  “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पुर्‍याउने गर्दछ ।”

तनहुँमा तीन हजार मेट्रिकटन मास उत्पादन 

तनहुँ झण्डै तीन हजार मेट्रिकटन मास उत्पादन हुने गरेको छ । धान खेती नहुने, पानी नलाग्ने र सुक्खा बारीमा मासको व्यावसायिक रुपमा खेती गर्ने गरेको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।

मास खेती गर्न सजिलो, धेरै परिश्रम गर्नु नपर्ने र थोरै लगानीमा राम्रो मूल्य पाइने भएपछि मास खेतीतर्फ किसानको सङ्ख्या बढ्दै गएको कार्यालयका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले जानकारी दिनुभयो ।

यहाँ उत्पादित मास जिल्लाभित्रै खपत भई बाँकी पोखरा, नारायणगढ, काठमाडौँलगायतका सहरमा निर्यात हुने गरेको छ, उहाँले भन्नुभयो, “मास उत्पादक किसानले गतवर्ष प्रति पाथी रु आठ सयमा बिक्री वितरण हुने गरेको छ ।”

जिल्लामा तीन हजार चार सय ४३ हेक्टर क्षेत्रफलमा मास खेती हुँदै आएको छ । गतवर्ष दुई हजार नौ सय साठी मेट्रिकटन मास उत्पादन हुने गरेको प्रमुख वरिष्ठ कृषि विकास अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिनुभयो ।

यसवर्ष वर्षालगायतका मौसम राम्रो रहेकाले मास उत्पादनमा वृद्धि हुने विश्वास लिइएको उहाँले बताउनुभयो । जिल्लाका ऋषिङ, घिरिङ, शुक्लागण्डकी, म्याग्दे, बन्दीपुर, व्यास, भानु आँबुखैरेनी, देवघाट लगायतका पालिका मास खेतीका लागि पकेट क्षेत्रका रुपमा लिइने गरिएको छ ।

त्यसैगरी कार्यालयले रैथाने बाली संरक्षणअन्तर्गत कोदो बाली उत्पादनका लागि प्रोत्साहन कार्यक्रम ल्याएको छ । रैथाने बाली उत्पादनमा ५० प्रतिशत अनुदानमा बीउ र कोदो चुट्ने थेसर मेसिन दिने गरिएको छ । जिल्लामा छ हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा कोदो खेती हुने गरेको छ । कार्यालयका अनुसार गतवर्ष मात्रै सात हजार मेट्रिकटन उत्पादन भएको थियो । पछिल्लो समय कोदोको माग बढ्दै जान थालेपछि कोदो खेतीतर्फ किसानको आकर्षण पनि बढेको कार्यालय प्रमुख लामिछानेले बताउनुभयो । कोदोमा प्रशस्त मात्रामा क्यालोरी पाइन्छ । रासस