६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख



अ+ अ-

मकवानपुर: यही असोज १२ गते सिस्नेरीको पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका खेलाडी र बत्सलादेवी माविका विद्यार्थीका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ ।

जिल्ला बिपद् व्यवस्थापन समिति मकवानपुरले पहिरोमा परी मृत्यु भएका छ जना विद्यार्थीका परिवारलाई जनही रु दुई लाखका दरले राहत रकम हस्तान्तरण गरेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जानकारी दिनुभयो ।

हेटौँडा उपमहानगरपालिका–१२ का १४ वर्षीय अनुपम घलान, मकवानपुरगढीका १४ वर्षीय साइमन योञ्जन, सिस्नेरीका १४ वर्षीय दिवस बानियाँ, सर्लाहीका १३ वर्षीय आदित्य बलमपाकी, काठमाडौँ कलङ्कीका ११ वर्षीय प्रियान्स आचार्य, बारा निजगढका १४ वर्षीय विकल रेग्मीको पहिरोमा पुरिएर मृत्यु भएको थियो ।

प्रजिअ चिलुवालले सिस्नेरी, फाखेल र बकैया गाउँपालिकामा बाढीपहिरोबाट प्रभावित परिवारबारे शनिबारदेखि स्थलगत अध्ययन सुरु गर्ने र राहत रकम हस्तान्तरण गरिने जानकारी दिनुभयो ।

उहाँका अनुसार बाढीपहिरो प्रभावित पाँच जनासम्मको परिवारलाई प्रतिपरिवार रु १५ हजार र पाँच जनाभन्दा बढी सदस्य भएमा रु २० हजारका दरले नगद हस्तान्तरण गरिनेछ । रासस