११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु



अ+ अ-

काठमाडौँ । नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु भएको छ ।

विश्वलाई शान्तिमय बनाउने मुल उद्देश्यका साथ मानवीय सभ्यताका विविध विषयमा छलफल शुरु गरिएको हो । विश्वभरका सभ्यता सम्बन्धि अनुसन्धानकर्ताहरु सहभागी भएर सभ्यतामार्फत शान्तिमय विश्व बनाउने उद्देश्य सम्मेलनले लिएको अनुसन्धानकर्ता डा विक्रम तिमिल्सिनाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘करिव १०, १२ देशका भारत, चीन, अमेरिका, त्यसैगरी पाकिस्तान, संयुक्त अरव ईमिरेट्स, क्यानडा, हङकङ विभिन्न ठाउँका सभ्यतालाई एउटा शान्तिको द्वारको रुपमा, एउटा शान्तिको मार्गको रुपमा प्रश्तुत गर्नका लागि सभ्यतालाई प्रयोग गर्न सकिन्छ भन्ने बारेमा आज हामी छलफल गरिरहेका छौं । सभ्यता भनेको भिड्ने चिज होइन, जुट्न सकिन्छ सभ्यतामार्फत भन्ने सन्देश पनि यहाँ दिन खोजिएको हो ।’

भारत, चीन, अमेरिका, पाकिस्तान, संयुक्त अरब ईमिरेट्स, क्यानडा, हङकङ लगायतका देशहरु सहभागी रहेको तीन दिने सम्मेलन शुक्रवारबाट काठमाडौं शुरु भएको छ । शनिवार र आईतवार (भोलि र पर्सी) भने सो सम्मेलन नगरकोटमा आयोजना हुनेछ । सभ्यतालाई विश्वशान्तिको माध्यामको रुपमा अघि बढाउने सो अन्तर्राष्ट्रिय सम्मेलनको जोड छ । अनुसन्धानकर्ता डा तिमिल्सिनाले सम्मेलनको सो निचोडलाई विश्वशान्ति कायम गराउने बौद्धिक सम्पतीको रुपमा अघि बढाइने लक्ष्य लिइएको बताउनु भयो ।