१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

सर्वोच्च अदालतलाई वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह
अ अ+ अ-

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएको छ ।

वैवाहिक बलात्कारीलाई गैरकानूनी घोषित गर्न माग गर्दै अभियन्ताहरूले दायर गरेको चलिरहेको सर्वोच्च अदालतको मुद्दामा भारत सरकारले त्यस्तो जोड दिएको हो ।

भारतमा बेलायती औपनिवेशिक शासनको समयमा १९औँ शताब्दीमा लागु गरिएको दण्ड संहिताले स्पष्ट रूपमा “एक पुरुषले आफ्नै पत्नीसँग गरेको यौन क्रियाकलाप…बलात्कार होइन” भनी उल्लेख गरेको छ ।

वैवाहिक बलात्कारलाई गैरकानूनी बनाउन खोज्ने अभियन्ताहरूको एक दशक लामो अदालती चुनौतीका बाबजुद प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जुलाईमा उक्त धारालाई कायम राख्दै संशोधित संहिता लागु गरेको थियो ।

भारतको गृह मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा वैवाहिक बलात्कारको परिणाम ‘दण्डात्मक’ हुनुपर्ने भए पनि कानूनी प्रणालीले यसलाई विवाह बाहिर गरिएको बलात्कारभन्दा बढी उदारताका साथ व्यवहार गरिनुपर्ने उल्लेख छ ।

“पतिसँग आफ्नी पत्नीको सहमति उल्लङ्घन गर्ने कुनै मौलिक अधिकार निश्चित रूपमा छैन”, द इन्डियन एक्सप्रेस अखबारका अनुसार शपथपत्रमा भनिएको छ, “यद्यपि भारतमा मान्यता प्राप्त ‘बलात्कार’ प्रकृतिको अपराधलाई विवाह संस्थामा आकर्षित गर्नु अत्यधिक कठोर मान्न सकिन्छ ।”

भारतको वर्तमान दण्ड संहिताले बलात्कारमा दोषी ठहर भएकालाई न्यूनतम १० वर्षको सजाय तोकेको छ ।

वैवाहिक बलात्कारलाई विद्यमान कानूनहरूमा पर्याप्त रूपमा सम्बोधन गरिएको र यसमा घरेलु हिंसाबाट महिलाहरूको संरक्षण गर्ने सन् २००५ को कानून समावेश रहेको सरकारको वक्तव्यमा उल्लेख छ ।

उक्त कानूनले यौन दुर्व्यवहारलाई घरेलु हिंसाको रूपमा मान्यता दिन्छ तर अपराधीहरूलाई कुनै आपराधिक दण्ड निर्धारण गर्दैन ।

दण्ड संहिताको अर्को धारामा पतिले आफ्नी पत्नीविरुद्ध गरेका व्यापक रूपमा परिभाषित ‘क्रुरता’ का कार्यहरूका लागि तीन वर्षसम्मको जेल सजायको प्रावधान छ ।

सन् २०१९ देखि २०२१ सम्म गरिएको सरकारको पछिल्लो राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणअनुसार १८ देखि ४९ वर्ष उमेर समूहका छ प्रतिशत भारतीय विवाहित महिलाले वैवाहिक यौन हिंसाको अनुभव गरेको बताएका छन् ।

यसको अर्थ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा एक करोडभन्दा बढी महिला आफ्ना पतिहरूको हातबाट यौन हिंसाको शिकार भएका छन् ।