२० मंसिर २०८२, शनिबार
,
Latest
दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिभूवन विमानस्थलको सेवामा सुधार ल्याउन पर्यटनमन्त्रीको निर्देशन



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरुलाई दिने सेवामा थप सुधार गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

शुक्रवार बिहान एयरपोर्ट भएको उहाँले विमानस्थल व्यवस्थापन, नेपाल नागरिक उडडयन प्राधिकरण, निजी क्षेत्रका सेवा प्रदायक संस्था, सुरक्षाकर्मीलगायतका संवद्ध सबै पक्षसँग छलफल गरी सेवामा थप सुधार गर्न सचेत गराउनु हो ।

नेपालको पर्यटन क्षेत्रको विकासका लागि विमानस्थलमा आउने यात्रुहरु शक्तिशाली सन्देशबाहक भएको उल्लेख गर्दै मन्त्री पाण्डेले उनीहरुलाई थप सेवा दिने कुरामा कहीँकतै नचुक्न पनि संवद्ध पक्षलाई ध्यानाकर्षण गराउनु भयो । उहाँले उड्ने र गुड्ने दुवै सवारी साधनले चाडबाडका बेला एकतर्फी भाडामा काम गर्नुपर्ने मर्का आफूले बुझेको र त्यस्ता समस्या समाधानका उपायको खोजी गर्ने पनि बताउनु भयो । उहाँले यात्रुहरुलाई सेवा दिने कुरामा अब कुनै कमी नहुने विश्वास समेत व्यक्त गर्नुभयो । विमानस्थलमा हुने सेवामा भोलिदेखि नै थप सुधारका संकेतहरु देखिनुपर्ने मन्त्री पाण्डेको भनाई थियो ।

उहाँले भन्नुभयो,‘पर्यटक भनेको एउटा शक्तिशाली सन्देशवाहक हो । त्यसैले हामीले त्यो कुरा एयरपोर्टमा सुधार्दै गएको छौं । तर, थप सुधार गर्नुपर्नेछ । र, यो विषय परिस्थितिमा यात्रुहरुलाई सेवा दिने कुरामा तत्परता देखाउनु हुनेछ भन्ने ठान्दछु । एउटा महत्वपूर्ण तर्क र तपाईंहरुको मर्का पनि लाग्यो मलाई कि प्लेन एकातिरको मात्रै प्यासेन्जर बोेकेर गयो, तर खाली फर्किनु परेपछि उसको मर्का त बाहिर सुनिएको छ । तर त्यसरी गाडी पनि त दशैँको बेलामा एकतर्फी लिएर जानु पर्छ । फर्किंदा पनि खर्च जाँदाको पनि धान्नुपर्ने अवस्था छ भन्ने कुरा जायज छन् । यी कुराहरुलाई हामीले छलफलमा लिएर जाने, संसदमा लिएर जाने गर्नुपर्दछ । यसले यी समस्या समाधानका लागि आइडियाहरु पनि सिर्जना हुन्छ । संवेदनशीलता र त्यहाँको वास्तविकता पनि थाहा हुन्छ । आजको छलफल एकदमै उपयोगी भयो भन्ने लाग्छ । यसले आज भोलिबाट नै थप सुधारको संकेत देख्नेछौं । तर यो थप सुधार गर्ने कुरामा हामी सबै सहकार्य हुनेछ । सुरक्षा निकाय पनि जोडिनेछ । टिआईए पनि जोडिनेछ । क्यान पनि जोडिनेछ । एयरलाईन्सहरु, यातायात्र क्षेत्रका मजदुरहरु सबै जोडिएर हामी काम गर्नेछौं ।’

मन्त्री पाण्डेले सरकारले हवाई उड्डयनको क्षेत्रमा धेरै काम गर्नुपर्ने पनि बताउनु भयो ।