१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य

एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य
अ अ+ अ-

काठमाडौँ । पहिलोपल्ट घरेलु भूमिमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ मा प्रतिष्पर्धा गर्न लागेको नेपालको महिला र पुरुष टोली सुखद् प्रदर्शन गर्ने लक्ष्यमा छ ।

नेपालको पुरुष या महिला टोली पहिलोपल्ट सिनियरस्तरको एसिया रग्बी सेभेन्स ट्रफी घरेलु भूमिमा शुक्रवारदेखि खेल्दैछ । शुक्रवारदेखि दुई दिनसम्म एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ काठमाडौंमा शुरु हुँदैछ । जहाँ नेपाली टोलीले आफ्नो प्रदर्शन सुधार गर्ने अपेक्षासहित लामो समयदेखि तयारी पनि गरेको छ । सिर्जना राईको कप्तानीमा रहेको नेपाली टोली र विक्रम पुरीको कप्तानीमा रहेको पुरुष टोलीले यसपल्ट सुखद् प्रदर्शन गर्ने अपेक्षा गरिएको छ । घरेलु भूमिमा हुने सेभेन्स ट्रफीलाई विशेष बनाउन नेपाली टोलीले करिव तीन महिनादेखि बन्द प्रशिक्षणसमेत गरेको छ ।

न्युजिल्याण्डका प्रशिक्षक फ्रेड मोए, नेपालका पूर्वकप्तान तथा प्रशिक्षक कृष्ण क्षेत्री र विनोद तामाङले नेपाली टोलीलाई प्रशिक्षण दिएका थिए । नेपालमा तेस्रोपल्ट एसियाली स्तरको रग्बी प्रतियोगिता हुन लागेको हो । एशिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी २०२४ हुन लागेको हो । शुक्रवारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस सेभेन्स ट्रफीमा एशियाका १६ राष्ट्रले प्रतिस्पर्धा गर्ने भएकाछन् । पुरूषमा १४ र महिलामा सात राष्ट्रले प्रतिस्पर्धा गर्ने भएका हुन् । महिलामा आठ राष्ट्रको चुनौती तय थियो । आन्तरिक कारणले इरानको सहभागिता नभएको हो । इरानले महिला टोलीलाई सहभागी गराउन लागेको थियो । पुरुषतर्पm चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइनेछ भएको छ । नेपालको समूह ‘बी’ मा बहराइन र उज्वेकिस्तानले चुनौती प्रस्तुत गर्ने भएका छन् ।

समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन, समूह ‘सी’ मा काजाकिस्तान, कतार, साउदी अरब र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेईं छन् । महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा बाँडिएको छ । समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स र गुआम, उज्वेकिस्तान तथा समूह ‘बी’ मा भारत, इण्डोनेसियाले खेल्नेछन् । सेभेन्स ट्रफी खेल्ने सबै राष्ट्र नेपाल आइसकेको संघका महासचिव घिमिरेले जानकारी दिए ।

सेभेन्स ट्रफीको च्याम्पियन महिला तथा पुरुष टोलीले एशिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । यो प्रतियोगिता एसिया रग्बी सेभेन्स सिरिज २०२५ को छनोटसमेत हो । नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले कार्यक्रमलाई सफल र भव्य बनाउन सरोकारवालाई अनुरोध पनि गरेका छन् । उनले ५६ दिनको बन्द प्रशिक्षणसहित नेपाली टोलीले करिव ४ चार महिनाको तयारी गरेको उल्लेख गर्दै नेपालको लक्ष्य पाँचौं स्थान हासिल गर्नु रहेको बताए ।

सेभेन्स ट्रफीको पहिलो दिन ३० तथा दोस्रो दिन २० गरी कुल ५० खेल हुनेछन् । सिनियर स्तरको एशियाली रग्बी नेपालमा पहिलोपटक हुन लागेको पहिलो पटक हुन लागेको हो । यसअघि एसिया यु–१८ र एसिया यु–२० रग्बी सेभेन्स ट्रफी आयोजना गरेको थियो । आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट २ करोड १० लाख रुपैयाँ रहेको छ ।