१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो

वसन्तको दिदीको बिहे गर्ने र भाइ पढाउने सपना झ्याप्ले खोलाले पुर्यो
अ अ+ अ-

बरहथवा । गत शुक्रबार धादिङको धुनीबेँसी नगरपालिका–९, झयाप्ले खोलाको पहिरोमा पुरिएर सर्लाहीको हरिपूर्वा नगरपालिका–२, का १८ वर्षीय वसन्तकुमार साह सधैँका लागि अस्ताए । आर्थिक रुपमा कमजोर परिवारको सुख किन्ने वसन्तको सपना पहिरोमा पुरिएर सदाका लागि बिलायो ।

घरको जेठो छोरा वसन्त पढाइमा निकै मेहनती थिए । “परिवारको दुस्ख हटाउनु भनेर सधँै मलाई सम्झाउथ्यो”, बुवा भरत साहले रासससँग भक्कानिँदै भन्नुभयोे, “धेरै पढेर ठूलो मान्छे बन्ने, दुई दिदीको विवाह गर्ने र एउटा भाइलाई धेरै पढाउने उसको सपना थियो ।”

छोराको शोक बारेर बस्नुभएका भरतले भन्नुभयो, “परिवारको बिचल्ली बनाएर गयो, घरको एउटा ठूलो खम्बा ढल्यो बाबु, अब कसले यो घरको काँध थाम्छ रु” भरतले सामान्य किराना पसल चलाउनुहुन्छ । परिवारको लालनपालन तथा छोराछोरीको शिक्षा दिक्षाको एकमात्र आधार यही किरान पसल हो ।

थोरै भएको खेतमा फलेको अन्नले मुस्किलले परिवारको वर्षभरीको छाक टर्ने उहाँले बताउनुभयो । “छोराले राम्रो पढ्दै गएकाले अब दस्ुखको दिन गयो भन्ने लागेको थियो”, भरतले भन्नुभयो, “यो के बज्रपात पर्‍र्यो ।” घटना भएको दिनदेखि घर मात्र होइन गाउँ नै शोकमा छ । परिवारमा पूरै अन्धकार छाएको छ । वसन्तकी आमाको राम्रोसँग होस आएको छैन ।

वसन्तले कक्षा ६ सम्मको अध्ययन गाउँकै स्कुलबाट गरेका थिए । उनले कक्षा ६ देखि एसइईसम्मको पढाइ भने चितवनको प्रभात माविबाट गरेका हुन् । गत शैक्षिक सत्रमा एसइई परीक्षा पास भएपछि कक्षा ११ र १२ पढ्न उनी काठमाडौँ गएका थिए । दिदी विभाकुमारीसँगै बसेर उनले काठमाडौँको नयाँ बानेश्वरस्थित लिभरपुल कलेजमा विज्ञान विषय लिएर अध्ययन गरिरहेका थिए ।

क्याम्पसले उनलाई एसइईका केही शैक्षिक प्रमाणपत्र ल्याउन ताकेता गरेपछि गत बिहीबार मात्र उनी चितवन पुगेका थिए । शुक्रबार बिहान विद्यालय पुगेर कागजात सङ्कलन गरेपछि साँझ माइक्रो बसमार्फत उनी काठमाडौँ फर्कदै थिए । राति १स्२५ बजेको समयमा काठमाडौँमा भएकी दिदी विभासँग फोन सम्पर्क गरेका उनी त्यसपछि भने सम्पर्कमा आएनन् ।

“फोनमा भाइलाई कहाँ आइपुग्यो भनेर सोधेको थिएँ”, दिदी विभाले भन्नुभयो, “दिदी म आउँदै छु, रातको समय जङ्गलको बिचमा जाममा परेको छु, जाम खुल्यो भने छिट्टै आइपुग्छु भनेको थियो, आनन्दले सुत्नु भनेको भाइको कुरा गर्दागर्दै फोन काटियो, किन भाइले राख्छु पनि नभनी फोन काट्यो भनेर फोन सम्पर्क गर्न खोजे, तर फोन लाग्दै लागेन ।”

बाढीपहिरोले सडक अवरुद्ध भएका खबर एकनासले आइरहेका कारण कतै जाममा अलपत्र पर्‍र्योकी भन्ने आसमा खोजी सुरु गरेको दिदी विभाले बताउनुभयो । “आमाबुबालाई पनि सबै कुरा खबर गरिदिए, दिउँसोबाट झयाप्ले खोला पहिरोमा बस र माइक्रो पुरिएको खबरपछि भने हामी आत्तियाँै, सुरक्षाकर्मीले धमाधम शव निकाल्न थाले, तर हामी जान सक्ने अवस्था थिएन ।”

चितवनदेखि नै पहिरो खसेको ठाउँमा बुवा र भिनाजुले सोधीखोजी गर्दै जाँदा झयाप्ले खोलामा खटिएका सुरक्षाकर्मीले शव काठमाडौँ लगेकाले उतै जान सल्लाह दिएको विभाले बताउनुभयो ।

“सोमबार बिहान शव पहिचान गर्न दिए, त्यसपछि छोराको शव लिएर घर कसरी आइपुगे कुनै होस छैन, सबै प्रक्रिया पूरा गर्दा साँझ ३ बजे काठमाडौँबाट हिँडेका थियौँ र भोलिपल्ट मङ्गलबार बिहान घर आइपुगेका थियौँ”, बुवा भरतले भन्नुभयो, “छोराको शोकमा बसेको छु, मेरो ठूलो सपना, आशाको दियो पहिरोको लेदोमा हरायो, बाबा इञ्जिनीयर बनेर सरकारी सेवा गर्छु भन्थ्यो, परिवारमा खुसी ल्याउँछु भन्थ्यो सबै चकनाचुर भयो ।” रासस