१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको हात दशैँमा रित्तो हुन्छ: निर्माण व्यवसायी

भुक्तानी नपाए २० हजार प्राविधिक र लाखौं मजदुरको हात दशैँमा रित्तो हुन्छ: निर्माण व्यवसायी
अ अ+ अ-

काठमाडौँ । निर्माण व्यवसायीहरुलाई सरकारले करिव ४५ अर्ब रकम भुक्तानी गर्नुपर्नेछ । भुक्तानी माग्नका लागि निर्माण व्यवसायीहरु विभिन्न निकायहरु धाईरहेका छन् । निर्माण व्यवसायीहरूले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै सरकार विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।

नेपाल निर्माण व्यवसायी महासंघले रकम भुक्तानीको लागि प्रधानमन्त्रीदेखि अर्थमन्त्रीलाई समेत ध्यानाकर्षण गराइसकेको छ । तर सरकार भने निर्माण व्यवसायीहरुको भुक्तानी निरन्तर भइरहेको बताएको छ । सरकारले करिव २० अर्ब बढी रकम निर्माण व्यवसायीहरुलाई भुक्तानी गरिसकेको र बाँकी रकम दशैँअघि दिने कोशिस भइरहेको बताउँदै आएको छ । निर्माण व्यवसायीहरु नयाँ सरकारले गरेका प्रतिवद्धताअनुसार समस्या समाधान गर्न नसकेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले निर्माण व्यवसायीलाई गर्नुपर्ने भुक्तानी तत्काल गर्ने र अन्य समस्या समाधान गरी सहज रूपमा काम गर्ने वातावरण बनाउने आश्वासन दिएपनि दुई महिनासम्म सम्बोधन नहुँदा निर्माण व्यवसायीहरूमा निराशा छाएको छ ।

विगतमा दशैँअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी दिने गरेको थियो । तर यो वर्ष भुक्तानी नदिँदा निर्माण व्यवसायीहरुसँग जोडिएका प्राविधिकदेखि मजदुरहरुलाई तलव दिनसक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । साथै चाडपर्वको मुखमै विपद्जन्य घटनाका कारण परिस्थिति सहज बनिरहेको छैन । १५ हजार सक्रिय निर्माण व्यवसायी,२० हजार प्राविधिक र लाखौं मजदुरलाई निर्माण व्यवसायीहरुले दशैँको लागि तलव दिनसक्ने अवस्था नभएको निर्माण व्यवसायीहरुले बताएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले सरकारले विभिन्न निकायबाट ४५ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने भएपनि अहिलेसम्म भुक्तानी नपाएको बताउनु भयो । उहाँले शिथिल अवस्थामा रहेको निर्माण क्षेत्र पछिल्लो बाढी पहिरोको कारण थप मारमा परेको बताउनु भयो । उहाँले दशैँमा प्राविधि र मजदुरलाई तलव भत्ता समेत दिन नसक्ने अवस्थामा व्यवसायीहरु रहेको बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिँदा लाँखौं मजदुरहरुको विचल्ली हुने अवस्था आएको बताउनु भयो ।

उहाँले करिव २ हजार बढी सक्रिय व्यवसायीहरुले सरकारबाट भुक्तानी नपाएको बताउनु भयो । उहाँले मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई थप प्रताडित बनाएको बताउनु भयो । उहाँले बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएको बताउनु भयो । उहाँले अहिलेकोअवस्थामा दशैँमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने भएपनि सरकारलाई भुक्तानी दिएको कारण व्यवसायीहरु संकटमा रहेको बताउनु भयो । उहाँले सरकारबाट भुक्तानी नआएसम्म सप्लाई र मजदुरहरुलाई व्यवसायीहरुले भुक्तानी गर्नसक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा जोडिएका १५ देखि २० हजार प्राविधि र लाखौं मजदुरहरु प्रभावित हुने बताउनु भयो । उहाँले सरकारले निर्माण व्यवसायीहरुलाई भुक्तानी नदिँदा मजदुरहरुले रमाइलोसँग दशैं मनाउन नपाउने अवस्था सिर्जना हुन लागेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘करिव २ हजार बढी सक्रिय व्यवसायीहरु भुक्तानी नपाएको चपेटामा परेका छन् । यस्तो अवस्थामा मुलुकमा आएको प्राकृतिक विपत्तिले पनि निर्माण व्यवसायीहरुलाई प्रताडित भएका छौं । बाढी पहिरोको कारण मुलुक भर निर्माणका सामग्री र आयोजनाहरु अस्तव्यस्त भएका छन् । यस्तो अवस्थामा दशैंमा निर्माणसँग सम्बन्धित लाखौं मजदुरको चुलो बाल्नुपर्ने छ । तर व्यवसायीहरु संकटमा छौं । सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रमा काम गरिरहेको १५ देखि २० हजार प्राविधि र त्यही अनुसारका व्यवसायी र लाखौं मजदुरहरु प्रभावित हुनछन् । उनीहरुले जसरी दशैं मनाउनुपर्ने हो त्यही अनुसार दशैं मनाउन नपाउने देखिन्छ । निर्माण व्यवसायीहरुले त्यो खालको वातावरण दिनसक्ने अवस्था छैन ।’

निर्माण व्यवसायी महासंघका उपाध्यक्ष राम्जी पन्तले नारायणी नदी व्यवस्थापनको काम गरेको अघिल्लो आर्थिक वर्षको ३० करोड बढी भुक्तानी आउन बाँकी रहेको बताउनु भयो । न्युज एजेन्स्ी नेपालसँग कुरा गर्दै उहाँले अहिलेसम्म एक रुपैयाँ पनि बजेट नभएकाले भुक्तानी पाउन नसकेको बताउनु भयो । उहाँले पछिल्लो समय ८९ प्रतिशत निर्माण व्यवसायीहरु सडकमा आएको बताउनु भयो । निर्माण व्यवसायीहरुको सरकारले समयमा भुक्तानी गर्न नसक्दा व्यवसायीहरुले प्राविधिक,मजदुर र बैंकको किस्ता समेत तिर्न नसकेको उहाँको भनाई छ । उपाध्यक्ष पन्तले यो वर्षको लागि निर्माण व्यवसायीहरुको लागि दशैं सुखद् नभएको बताउनु भयो । उहाँले बैंकहरुबाट थप ऋण लिएर मजदुर प्राविधिकलाई तलव दिने सोचिरहेको बताउनु भयो ।

नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव शिवहरी घिमिरेले निर्माण व्यवसायीहरुसँग हजारौं मजदुर र उनीहरुका परिवार आश्रित रहेको बताउनु भयो । उहाँले मजदुर र मजदुरका परिवारको लागि यो वर्षको दशैँमा सरकारले भुक्तानी नदिएको कारण तलव दिनसक्ने अवस्था नभएको बताउनु भयो। उहाँले निर्माण व्यवसायीहरुसँग जोडिएका अन्य सप्लार्सहरुको समेत भुक्तानी दिन नसक्ने अवस्था रहेको उल्लेख गर्नुभयो । घिमिरेले सरकारले व्यवसायीहरुको भुक्तानी दिने छाट नदेखेको भन्दै दशैंमा मजदुरहरुको हात खाली पठाउनुपर्ने स्थिति सिर्जना भएको बताउनु भयो । उहाँले बैंकबाट ऋण लिने सिमामा समेत सकिएकाले तलव दिनसक्ने अवस्था नभएको बताउनु भयो ।

निर्माण व्यवसायी प्रमोद लामिछानेले पनि सरकारले निर्माण व्यवसायीहरुको समयमा भुक्तानी दिन नसक्दा व्यवसायी मात्रै नभएर निर्माणसँग जोडिएका सप्लायर्सदेखि मजदुरसम्म प्रभावित भएको बताउनु भयो । उहाँले भुक्तानी नपाउँदा निर्माण व्यवसायी मात्रै नभएर धेरै पक्षलाई असर पर्ने अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले निर्माण व्यवसायीहरुसँग जोडिएका मजदुर परिवारको दशैंमा तलव नपाउँदा बिचल्ली बन्ने अवस्था आउने बताउनु भयो । उहाँले गत वर्षदेखि सरकार र मन्त्रीहरु भुक्तानी दिने आश्वसन दिने तर काम नगर्ने अवस्था रहेको बताउनु भयो ।

वागमती प्रदेश निर्माण व्यवसायी महासंघका अध्यक्ष छत्रबहादुर तामाङले सरकारले पूर्णरुपमा निर्माण व्यवासायीको भुक्तानी दिन नसक्दा मुलुकको अर्थतन्त्रमा समस्या आएको बताउनु भयो । उहाँले सरकारले भुक्तानी नदिँदा निर्माण क्षेत्रसँग सम्बन्धि हजारौं मजदुरहरुले यो वर्षको दशैंमा तलव नपाउने अवस्था रहेको बताउनु भयो । उहाँले दशैंअघि पूर्ण रुपमा भुक्तानी पाउने आशा व्यवसायीहरुमा मरेर गएको बताउनु भयो ।

निर्माण व्यवसायी संघ भक्तपुरको अध्यक्ष विजयकुमार देउजाले पनि निर्माण व्यवसायीहरुले भुक्तानी नपाउँदा मुलुको समग्र अर्थतन्त्रमा असर परेको बताउनु भयो । उहाँले दशैंअघि भुक्तानी नपाए निर्माण क्षेत्रका मजदुरहरुमा ठूलो प्रभाव पर्ने बताउनु भयो ।

दशैंअघि सरकारले निर्माण व्यवसायीहरुको भुक्तानी नदिए लाखौं मजदुर प्राविधिले तलव पाउने अवस्था नभएको दाबी गर्नुभयो । उहाँले सरकारले दशैँअघि भुक्तानीको व्यवस्था गरी निर्माण मजदुरले खुशीका साथ दशैँ मान्ने वातावरण बनाउन माग गर्नुभयो ।