३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

शक्तिपीठहरुमा विशेष पूजा, श्रद्धालुको घुइँचो (फोटो फिचर)

शक्तिपीठहरुमा विशेष पूजा, श्रद्धालुको घुइँचो (फोटो फिचर)
अ+ अ-

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ । देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

विधिपूर्वक घटस्थापना गरिएका दसैँघरमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीको पूजाअर्चना गरिन्छ । साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।

यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभरि विभिन्न शक्तिपीठ जाने परम्परा छ ।

शक्तिपीठको दर्शनले आध्यात्मिक शान्ति प्राप्त हुनुका साथै सुख शान्ति र समृद्धि मिल्छ भन्ने मान्यता छ ।

नेपालमा अनेकौं शक्तिपीठ छन् । काठमाडौंमा गुहेश्वरी, शोभाभगवती, नक्साल भगवती नरदेवी (श्वेतकाली), रक्तकाली, मैतीदेवी र कालिकास्थान संकटा प्रमुख शक्तिपीठ मानिन्छन् ।

भक्तपुरमा इन्द्रायणी, नवदुर्गा ललितपुरमा बज्रबाराही, रुद्रायणी, उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी र बारामा गढीमाईलगायत शक्तिपीठ छन् ।