१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

शक्तिपीठहरुमा विशेष पूजा, श्रद्धालुको घुइँचो (फोटो फिचर)



अ+ अ-

काठमाडौं । बडादसैँअन्तर्गत नवरात्रभरि भगवती दुर्गाका नौ स्वरूपको विशेष पूजा आराधना गर्ने परम्परा छ । देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।

विधिपूर्वक घटस्थापना गरिएका दसैँघरमा शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिधात्रीको पूजाअर्चना गरिन्छ । साथै महाकाली महालक्ष्मी र महासरस्वतीको पूजा आराधना गरिन्छ ।

यिनै शक्तिस्वरूपा भगवतीको आराधना गर्न क्रममा नवरात्रभरि विभिन्न शक्तिपीठ जाने परम्परा छ ।

शक्तिपीठको दर्शनले आध्यात्मिक शान्ति प्राप्त हुनुका साथै सुख शान्ति र समृद्धि मिल्छ भन्ने मान्यता छ ।

नेपालमा अनेकौं शक्तिपीठ छन् । काठमाडौंमा गुहेश्वरी, शोभाभगवती, नक्साल भगवती नरदेवी (श्वेतकाली), रक्तकाली, मैतीदेवी र कालिकास्थान संकटा प्रमुख शक्तिपीठ मानिन्छन् ।

भक्तपुरमा इन्द्रायणी, नवदुर्गा ललितपुरमा बज्रबाराही, रुद्रायणी, उपत्यकाबाहिर गोरखामा मनकामना, पाल्पामा तानसेन भगवती, बाँकेमा बागेश्वरी, बागलुङमा माईस्थान, डोल्पामा त्रिपुरासुन्दरी, कालीकोट र बाजुराको सिमानामा पर्ने बडीमालिका भगवती, पोखरामा बिन्ध्यवासिनी र बारामा गढीमाईलगायत शक्तिपीठ छन् ।