२२ माघ २०८१, मंगलवार
,
Latest
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबिच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोग सम्बन्धी सम्झौता क्यान्सरबाट जोगिन सावधानीका साथ स्वास्थ्यको हेरचाह गरौँः उपसभामुख राना बेलायतका राजकुमारले आजै राष्ट्रपतिलाई भेट्ने एक हजार नौ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ? म्याग्दीको पूर्वाधार र पर्यटन विकासमा मेरो ध्यान गएको छ: अध्यक्ष दाहाल क्यान्सरको न्युनिकरण गर्दै निवारण गर्ने नेपालको लक्ष्य छः स्वास्थ्यमन्त्री पौडेल रोनाल्डोको दुई गोलमा अल नासरको फराकिलो जित कलंकी वरिपरिका यी क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने सिड्नीमा नेपाल झल्कने तस्बिर प्रदर्शनी तीन संसदीय समितिको बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टिकेन पुँजीबजारको उकालो यात्रा: नेप्से परिसूचक २६ अङ्कले घट्यो



अ+ अ-

काठमाडौँ । पछिल्लो दुई कारोबार दिन उच्च अङ्कले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकको उकालो यात्रा आज रोकिएको छ । नेप्से परिसूचक २६ दशमलव शून्य सात अङ्कले घटेर दुई हजार पाँच सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ७७ करोड ८१ लाख ९५ हजार आठ सय ८१ बराबरको कारोबार भएको छ ।

आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।

त्यस्तै, उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त एक दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार एक दशमलव १८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको रु २० करोड ७१ लाख ५५ हजार दुई सय ६७ को शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर सात लाख नौ हजार आठ सय ६७ कित्ता किनबेच भएको छ ।