१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा

बाढीपहिरो र डुबानको असर परेन वीरगञ्जका दुवै भन्सार नाकामा
अ अ+ अ-

वीरगञ्ज । अविरल वर्षासँगै आएको बाढीपहिरो र डुबानको बाबजुत पनि वीरगञ्जका दुवै  भन्सार नाका नियमित रुपमा सञ्चालन हुँदै आइरहेका छन् । पहिरोका असर मुलुकका प्रमुख राजमार्ग देखिँदा पनि यहाँका भन्सार कार्यालयमा भन्सार जाँचपासको प्रक्रिया भने अहिलेसम्म रोकिएका छैनन् ।

मुलुकको कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालय मातहतको एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट झन्डै आधा आयात हुने गर्छ तर अहिलेसम्म यी दुवै नाकामा निर्बाध रुपमा आयात–निर्यात भइरहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले बाढीपहिरोले राजमार्ग अवरुद्ध भए पनि भन्सार जाँचपासको प्रक्रिया रोकिने काम नभएको बताउनुभयो । “अहिलेसम्म राजमार्ग अवरुद्ध भएकै कारणले भन्दै व्यवसायीहरुले वस्तु तथा सामानको भन्सार जाँचपासको प्रक्रिया रोकेका छैनन,” उहाँले भन्नुभयो, “राजमार्ग अवरुद्ध हुँदा भारतबाट आयात हुने समानमा समस्या हुने गरे पनि तेस्रो मुलुकबाट आयात हुने सामानमा कुनै समस्या देखिएको छैन ।”

प्रमुख भन्सार प्रशासक लामिछानेले सडक अवरुद्ध भएको कारणले भन्सार जाँसपास गरेका सामान गन्तव्यमा पुर्‍याउन पाइएन भन्ने खालका गुनासा अहिलेसम्म नआएको दाबी गर्नुभयो । “सडक अवरोध भएकै कारणले भन्सार जाँचपास गराउन सकिएन भन्ने खालका गुनासा आजका दिनसम्म आएका छैनन,” उहाँले भन्नुभयो, “अहिले चितवन, हेटौँडा जाने मालवाहक सवारीसाधन नियमित चलेकाले पनि कुनै ठूलो समस्या देखिएको छैन ।”

वीरगञ्ज भन्सार नाका हुँदै करिब ६० प्रतिशत पेट्रोलियम पदार्थ र सवारीसाधन आयात हुनेगर्छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको असोज १५ गतेसम्मको अवधिमा ४३ अर्ब ७० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखिएकामा सो अवधिसम्म  कुल लक्ष्यको ७४ दशमलव ४७ प्रतिशत अर्थात् ३२ अर्ब ५४ करोड ५५ लाख राजस्व सङ्कलन भइसकेको छ । असोज महिनामा मात्रै १७ अर्ब ४२ करोड लक्ष्य राखिएकामा छ अर्ब ९५ करोड राजस्व सङ्कलन भइसकेको छ । बाढीका कारणले वीरगञ्ज भन्सार कार्यालय मात्रै नभई सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा पनि कुनै असर नपारेको बताइएको छ ।

सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगञ्जका प्रमुख भन्सार अधिकृत धनबहादुर बरुवालले अविरल वर्षापछि पनि भन्सार जाँचपासको काम भने नरोकिएको बताउनुभयो । “अहिले पनि व्यवसायीहरुले दैनिकजसो भन्सार जाँचपासको प्रक्रिया अघि बढाइरहनुभएको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म व्यवसायीले राजमार्ग अवरुद्ध भएर वस्तु तथा सामान लैजान अप्ठेरो भएको भन्ने गुनासो गर्नुभएको छैन ।”

प्रमुख भन्सार अधिकृत बरुवालले चाडपर्वको बेला भएकाले पनि व्यवसायीले जाँचपास गराउने काम धमाधम गरिरहेको बताउनुहुन्छ । “शनिबार बिदाको दिन भएकाले खासै भन्सार जाँचपासको काम हुँदैन । आइतबार र सोमबार भने भन्सार जाँचपासको काम सामान्य दिनको तुलनामा कमै भएको थियो,” उहाँले भन्नुभयो, “मङ्गलबार भने भन्सार जाँचपासको काम भने धेरै नै भएकाले पनि राजस्व पनि बढ्यो ।”

प्रमुख भन्सार अधिकृत बरुवालले राजमार्ग अवरुद्ध भएर गाडी नपाउने समस्या भएको खण्डमा अबका केही दिनभित्रै भन्सार जाँचपासमा समस्या देखिन सक्ने दाबी गर्नुभयो । भन्सार विभागले सुक्खा बन्दरगाह भन्सार कार्यालयलाई असोज महिनाका लागि मात्रै चार अर्ब ८३ करोड २० लाख ४८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य  दिएको छ । तर असोज महिनाको १५ दिनको अवधिमा मासिक लक्ष्यको ४८ प्रतिशत राजस्व सङ्कलन गरिसकेको छ । “चालु आवमा विदेशी मदिराको आयातले राजस्व सङ्कलनमा ठूलो योगदान दिएको छ,” उहाँले भन्नुभयो, “मङ्गलबार मात्रै ११ करोडभन्दा धेरै राजस्व मदिराजन्य पदार्थबाट सङ्कलन भएको छ ।”

सुक्खा बन्दरगाह कार्यालयले औसतमा दैनिक १५ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि अहिले औसतमा सरदर ११ देखि १२ करोडको हाराहारीमा सङ्कलन हँुदै आइरहेको छ । गत आर्थिक वर्ष २०८०/८१ कुल १५ खर्ब ९२ अर्ब आठ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । कुल आयातमध्ये वीरगञ्ज भन्सार कार्यालयको योगदान ३४ दशमलव ३० प्रतिशत अर्थात् पाँच खर्ब ४५ अर्ब ४३ थियो ।

त्यस्तै, सुक्खा बन्दरगाह भन्सार कार्यालयको आयातको योगदान १२ दशमलव ७८ प्रतिशत अर्थात् दुई खर्ब तीन अर्ब ६३ करोड रहेको छ । कुल आयातमध्ये वीरगञ्जका दुई भन्सार कार्यालयबाट हुने आयातको हिस्सा भने ४७ दशमलव ०८ प्रतिशत रहेको छ । रासस