२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस्: विपद्‌ प्राधिकरण



धापाखेलको हिलाम्मे सडकबाट गन्तव्यतर्फ जाँदै महिलाहरु ।
अ+ अ-

काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज दिउसोदेखि बागमती र कोशी प्रदेशका केही स्थानमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

एक सुचना जारी गर्दै प्राधिकरणले १८ गतेसम्म भारी वर्षाको सम्भावना कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरेको हो ।

‘असोज १० गतेदेखिको अति भारी वर्षाले धेरै स्थानको जमिन गलेको हुँदा सानो वर्षा थपिँदासमेत ठूलो पहिरो जान सक्ने र कुनै पनि खोलामा एक्कासी बाढी आउने जोखिम यथावत छ’, सूचनामा भनिएको छ ।

यस्तै, प्राधिकरणले ठूलो पानी पर्दा सुरक्षित स्थानमा सवारी रोकेर तथा जोखिम हेर्दै सावधानीपूर्वक यात्रा गर्न सूचनामार्फत आग्रह गरिएको छ ।

यसैबीच जल तथा मौसम विज्ञान विभाग अन्तरगतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आगामी ३ दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीका साथै कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जल सतह सतर्कता तह तलै रहने र सामान्य घटबढ हुने पूर्वानुमान गरेको छ ।