१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग

खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न काँग्रेसको माग
अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दलले बाढी, पहिरोमा परेका नागरिकको खोज उद्धार र राहतसँगै अवरुद्ध सडकमार्ग तत्काल सुचारु गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार बसेको नेपाली काँग्रेस संसदीय दलको बैठकले उक्त निर्णय गरेको नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले जानकारी दिनुभयो । उहाँले नेपाली काँग्रेस संसदीय दलको बैठकले गत अविरल वर्षाको कारण गएको बाढी, पहिरोमा परेर ज्यान गुमाउनेहरुप्रति दु:ख व्यक्त गरेको बताउनु भयो । उहाँले बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजि गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनु भयो । उहाँले अहिले पनि मानिसहरु उद्धारको प्रतिक्षा गरिरहेको भन्दै तत्काल उद्धार गर्न सरकारसँग माग गरेको बताउनु भयो । उहाँले प्राकृतिक प्रकोपको कारणबाट विपी राजमार्ग,सडक,पुलहरु भत्किएको भन्दै खोजि, उद्धार र राहतपछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुकता देखाउन माग गरेको बताउनु भयो ।

उहाँले दशैँ—तिहार जस्ता चाडपर्वहरु नजिक आएकाले आम नागरिकलाई यात्रा सहजताको लागि तत्काल सडक मार्ग खुलाउन आग्रह गरिएको बताउनु भयो । उहाँले बाढी पहिरोले क्षति भएका विभिन्न भौतिक संरचनाहरु खानेपानी, विद्यालय, विद्युत लगायत संरचना तत्काल निर्माण गरी सेवा सुचारु गर्न पनि माग गरिएको बताउनु भयो । उहाँले विपद्मा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहेको भन्दै अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले हवाई र सवारी साधनको भाडादरलाई सरकारले नियन्त्रण गरी साविककै भाडादरलाई कायम गरी यात्रा गर्ने वातावरण मिलाउन सरकारसँग आग्रह गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपाली काँग्रेस संसदीय दलको बैठकले सात निर्णय गरेको छ । गत असोज १२ र १३ गते अविरल वर्षाको कारण गएको बाढी पहिरोले धेरै धनजनको क्षति भएको छ । बाढी पहिरोमा ज्यान गुमाउनेहरु प्रति दु:ख व्यक्त गर्दै श्रद्धान्जली व्यक्त गरेका छौं । बाढी पहिरोमा बेपत्ता भएकाको उद्धार खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेका छौं । अहिले पनि कतिपय मानिसहरु उद्धारको प्रतिक्षामा छन् । सडक बाटोमा फसेका मानिसहरु तत्काल नेपाल सरकारले उद्धार गरोस् । प्राकृतिक प्रकोपको कारणबाट साना ठूला धेरै सडकहरु अवरुद्ध भएका छन् । विपी राजमार्ग,सडक पुलहरु भत्किएको छ । पूर्वको लाइफलाइन बन्द भएको छ । खोजी उद्धार र राहत पछि सरकारले सडक यातायात सुचारु गर्ने काममा तदारुपता देखाउनुपर्छ । सरकारले सडक सुचारु गर्न तिब्रता दिओस् । दशैं तिहार जस्ता चाडपर्वहरु छन् । बाटो खुलाउन अग्रसर हुन आग्रह छ । विभिन्न भौतिक संरचनाहरु खानेपानी,विद्यालय,विद्युत लगायत भत्किएका छन् ।’

‘ती संरचना तत्काल निर्माण गरेर सेवा सुचारु गर्न माग गरेका छौँ । विपद्मा बजारमा कालोबजारी,मूल्यवृद्धि हुने सम्भावना रहन्छन् । सरकारले अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गर्ने र यातायातको भाडादरहरुलाई नियन्त्रण गर्ने र साविककै भाडादरलाई कायम राखेर सडक र हवाई यातायात सेवा दिन सरकारले वातावरण बनाउन माग गरेका छौं । विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपत व्यवस्थापनको लागि प्रदान गर्ने भन्ने निर्णय संसदीय दले पास गरेको छ । इजरायल र लेभलान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको बुझीएको छ । नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा नेपाल ल्याउन सरकारसँग माग गरेका छौं । नदी कटान र बाली नष्टको क्षतिपूर्तिको लागि सरकारसँग माग गर्ने निर्णय गरेका छौं ।’

उहाँले विपद् व्यवस्थापनको लागि नेपाली काँग्रेसका ९प्रतिनिधि सभा र राष्ट्रिय सभाका० सांसदहरुबाट १५ दिनको पारिश्रमिक नेपाल सरकारलाई विपद् व्यवस्थापनको लागि प्रदान गर्ने निर्णय संसदीय दलले पास गरेको बताउनु भयो । उहाँले इजरायल र लेवनान युद्धमा नेपालीहरुको जोखिमको अवस्थाका रहेको भन्दै नेपालीहरुको सुरक्षा र नेपाल आउनेहरुलाई सुरक्षित रुपमा ल्याउन सरकारसँग माग गरेको बताउनु भयो । उहाँले बाढी पहिरो,डुबान तथा नदी कटानको कारण खेती बालीमा भएको नोक्शानीमा सरकारले किसानलाई राहतको व्यवस्था गर्न माग गरेको बताउनु भयो ।