१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हेटौंडा–काठमाडौं यात्रामा सास्ती

हेटौंडा–काठमाडौं यात्रामा सास्ती
अ अ+ अ-

बागमती । बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् । ती सडकहरु सामान्य अवस्थामा हेटौंडाबाट काठमाडौँ आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ । तर यही असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षा र बाढी पहिरोका कारण ती अधिकांश सडकहरु यतिबेला अवरुद्ध छन् ।

अवरुद्ध भएकामध्ये त्रिभुवन लोकपथ सडक खण्डअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौँ जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । एकतर्फी रुपमा सञ्चालनमा आएको सो सडकको अधिकांश भाग ग्राभेल र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले आउजाउ गर्नेहरुले ठूलो सास्ती भोग्नुपरेको छ ।

यस्तै सास्ती भोग्नेमध्ये एक हुनुहुन्छ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल । वर्षा सुरु भएकै दिन अर्थात असोज १० गते काठमाडौं पुग्नु भएका सोनललाई पार्टीको कार्यक्रममा गृह जिल्ला बारा फर्किनु थियो । तर काठमाडौंबाट फर्किने सबै बाटो अबरुद्ध रहेकाले उहाँलाई चार दिनसम्म काठमाडौंमै बस्नु पर्‍यो ।

हिजो बिहानबाट चित्लाङ–हेटौंडाको बाटोमा एकतर्फी सबारी चल्न थाल्यो भनेर सुनेपछि उहाँ पनि आफ्नो निजी सबारीबाट गृह जिल्ला फर्किन यतातिर सोझिनुभयो । ‘‘हिजो बिहान समाचार सुनेपछि यही बाटो भएर फर्किने भनेर आयौँ”, लोसपा मधेस प्रदेश संसदीय दलका नेता समेत रहनुभएका सोनलले भन्नुभयो । एकातिर यो सडक साँघुरो र कच्ची छ भने अर्कोतिर ठाउँठाउँमा पहिरो गएर खाल्डैखाल्डो भएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट बिहानै हिंड्नुभएका उहाँ बाटोका दुराव्यस्थाका कारण साँझ मात्रै हेटौंडा पुग्नुभएको थियो ।

काठमाडौँ जान धेरैले हेटौंडा–भीमफेदी–दक्षिणकालीको सडक प्रयोग गर्दछन् । ठाउँठाउँमा पहिरोले सो सडक अवरुद्ध भएपछि पहिलोपटक उहाँ चित्लाङ हुँदै हेटौँडा जान लाग्नुभएको थियो । चित्लाङ–काठमाडौं सडकमा गाडी बिग्रिने र सवारी चापमा पर्ने धेरै सम्भावना रहेको बताउँदै यस खण्डमा गाडी बिग्रियो भने बनाउने कुनै ठाउँ नहुँदा समस्या रहेको उहाँले बताउनुभयो ।

घरमा बुबा बिरामी परेकाले जतिसक्दो छिटो चाँडो घर फकिर्ने सोचमा हुनुहुन्थ्यो, रौतहटको चन्द्रपुर नगरपालिका–८ का दुर्र्गेश साह । चित्लाङको बाटो खुल्यो भनेर थाहा पाएपछि उहाँ पनि यही बाटो भएर घर फर्किने योजनाका साथ आफ्नो मोटरसाइकलमा निस्कनुभयो । बाटो छोटो र राम्रो होला भनेर मोटरसाइकलमा यही बाटोबाट आउनुभएका साहले पनि साह्रै दु:ख पाएको सुनाउनुभयो । ‘‘यस्तो बाटो होला भनेर मैले कल्पना नै गरेको थिएन्”, उहाँले भन्नुभयो,‘‘बाटोको अवस्थाका कारण आठ घण्टामा पनि घर पुग्न सकिएन ।” ठाउँठाउँमा सडक बिग्रिएको छ, त्यसमाथि पनि साना र दुईपाङ्ग्रे सवारी साधनको ठूलो चाप रहेको उहाँले बताउनुभयो ।

सोनल र साह मात्र होइन, अहिले हेटौंडा–काठमाडौ यात्रा गर्ने सबै यात्रुको पीडा उस्तै छ । बाढी, पहिरोले अबरुद्ध भएका सडकहरु खुलाउन पालिकाका जनप्रतिनिधि, बागमती प्रदेश सरकारका सचिवदेखि मन्त्रीसम्म आफैँ खटिनु भएको छ । हेटौँडा र काठमाडौँबीच सडक सम्पर्क जोड्न बागमती प्रदेश सरकारले मन्त्रीको नेतृत्वमा सडक मर्मत गर्ने काम थालेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिएको छ ।

जतिसक्दो छिटो सडक खुलाउने उद्देश्यले तीन स्थानबाट पहिरो पन्छाउने तथा सडक मर्मतको काम थालिएको मन्त्री मास्केले बताउनुभयो । ‘‘काठमाडौंँ, हेटौंडा र हुमानेबाट सडक खुलाउने काम अघि बढाएका छौं”, उहाँले भन्नुभयो,‘‘ ती ठाउँहरुमा अहिले जेसिवी लगाएर काम भइरहेको छ, वर्षा रोकिए पनि ठाउँठाउँमा अझै पहिरो गइरहेकाले समस्या भएको छ ।” हेटौंडा–काठमाडौं सडक सम्पर्क स्थापित गराउने कुरालाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो ।

हेटौँडा–काठमाडौँ जोड्ने सबै सडकहरू बन्द रहेकाले तत्काल कुलेखानी–फाखेल फर्पिङ सडक सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । सोहीअनुसार मन्त्री मास्के पूर्वाधार विकास कार्यालय ललितपुरको समन्वयमा दुई वटा जेसिवीसहित सडक खुलाउने काममा लाग्नुभएको छ । ‘‘अहिलेसम्म काठमाडौँतर्फको सडक तयार गर्दै फर्पिङ आइपुगेका छौंँ, अब हेटाँडासम्म सडक गाडी गुड्नसक्ने गरी तयार गर्नेछौँ’’, मन्त्री मास्केले भन्नुभयो । फर्पिङ–हुमाने खण्डमा ग्राभेलहरू थुप्रिएको र त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयत्नरत रहेको उहाँले बताउनुभयो ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विपद्बाट अवरुद्ध भएको सडक पुन: सञ्चालन गराउन मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा शीघ्र उद्दार टोली ९क्यूआरटी० गठन गरेर पनि काम गरिरहेको जनाएको छ । क्यूआरटी टोलीले हेटौँडा हुँदै भैंसेमा खसेको दुई वटा पहिरो पन्छाएर भीमफेदीसम्म पुगेको उहाँले बताउनुभयो । भीमफेदीबाट कुलेखानीतर्फको सडकको पहिरो गत शनिबार नै प्रहरीले पन्छाएको र सो खण्डमा खासै समस्या नरहेकाले कुलेखानीसम्म सडक खुलाउने मन्त्रालयको योजना रहेको निर्देशक पोखरेलेको भनाइ छ । कुलेखानीबाट हुमानेसम्मको खण्डमा भने केही पहिरो रहेकाले आजसम्ममा सडक खुलाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

फाखेलतर्फको बाटो खुलाउन हुमानेबाट कुलेखानी खण्डमा अर्को टोली परिचालन गरिएको छ । मन्त्रालयका इन्जिनीयर दिपेन्द रैतालाई फिल्डमा खटाएर हुमानेबाट मकवानपुरतर्फ महालक्ष्मी खोलासम्म सडकको पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । ‘‘दक्षिणकाली–फर्पिङ सडक खण्डअन्तर्गत महालक्ष्मी खोलादेखि कुलेखानी–नौबिसे–कलङ्कीसम्मको सडकमा खासै समस्या छैन”, निर्देशक पोखरेलले भन्नुभयो,‘‘ तर महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक क्षतिग्रस्त भएकाले त्यसलाई पनि मर्मत गर्न टोली परिचालन गरेका छौँ ।”

एकातिर पहिरो पन्छाउने र अर्कोतिर त्यही सडकमा पुन: सुख्खा पहिरो आउने क्रम पनि जारी रहेकाले काम गर्न समस्या भइरहेको उहाँको भनाइ छ । ‘‘हामीले भैंसे–भीमफेदी सडकमा खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारीमा थियौंँ”, निर्देशक पोखरेलले भन्नुभयो,‘‘ तर हिजो अचानक फेरि सोही सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पुन: ठूलो पहिरो जाँदा सडक सञ्चालन गर्न समस्या भयो ।” उहाँका अनुसार आज रातोमाटोको पहिरो पन्छाउन टोली परिचालन गरेका छौंँ, आज पहिरो पन्छाएर यातायात सञ्चालन गराउन सकिन्छ कि भने अनुमान गरिएको छ ।

बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा पहिरो गएर ठूलो क्षति भएको र त्यहाँका पीडितहरुलाई राहत पुर्‍याउन र सिस्नेरीमा अलपत्र परेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउन काठमाडौँ–दक्षिणकाली–सिस्नेरी सडकमा पहिरो पन्छाउने काम भइरहेको निर्देशक पोखरेलले जानकारी दिनुभयो । ‘‘काठमाडौँदेखि दक्षिणकालीसम्म र दक्षिणकालीदेखि सिस्नेरीसम्म दुई टोली परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ”, निर्देशक पोखरेलले भन्नुभयो,‘‘त्यो सडकअन्तर्गत रामचन्द्र भन्ज्याङमा ठूलो पहिरो खसेको र सडकमा पनि क्षति पुगेकाले केही समय लाग्ने अनुमान छ ।” यसबाहेक अन्य सडकहरुमा पनि पहिरो हटाउने र बाटो खुलाउने काम तिब्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।

दुई सडक सञ्चालनमा, पाँच सडक अझै अवरुद्ध

वर्षासँगै पहिरो खसेर अबरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने सडकमध्ये मकवानपुरको हेटौंडा–काठमाडौं र हेटौंडा–धरान चतरा जोड्ने दुई वटा सडक पुन: सञ्चालनमा आएको छ भने पाँच वटा सडक अझै अबरुद्ध छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौँ जाने सडक हिजोबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालनमा आएको जिप्रका मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो ।

सो सडक खण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली–धरान चतरा सडक पनि सञ्चालन भएको छ । पहिरो पन्छाएर सञ्चालन भएको केही छिनमै पुन: ठूलो पहिरो खसेपछि हेटौंडा–भैंसे–भिमफेदी सडक अबरुद्ध भएको छ ।

कान्ति लोकपथ सडक खण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भीमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्णरुपमा अवरुद्ध छ । दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।

दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुलेखानी–मार्छु भित्री सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्णरुपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अबरुद्ध रहेको प्रहरीले जनाएको छ ।

यता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उपत्यका बाहेकको १० जिल्लाका २६ वटा सडक अझै अबरुद्ध रहेको जनाएको छ । बाढी, पहिरोका कारण अबरुद्ध भएकामध्ये मकवानपुरका ११ वटा, सिन्धुलीका आठ, रसुवाका सात, सिन्धुपाल्चोकका तीन, काभ्रे र रामेछापका दुई/दुई वटा सडक अझै अबरुद्ध रहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिनुभयो ।

सडक पूर्वाधारमा बाढीपहिरोले करिब रु दुई अर्बको क्षति

हालैको अविरल वर्षा र बाढी पहिरोलगायतका विपद्बाट बागमती प्रदेशभरि सडक पूर्वाधारमा मात्रै करिब रु दुई अर्बभन्दा बढीको क्षति पुगेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोका कारण ठाउँठाउँमा सडक र पुल भत्किएकाले सो रकम बराबरको क्षति भएको अनुमान गरिएको छ ।

‘‘विभिन्न जिल्लामा कही सडक र पुल भत्किएका छन्, कही कही बाढीले पुल बगाएको छ”, निर्देशनालयका निर्देशक पोखरेलले भन्नुभयो,‘‘त्यसैले अहिलेसम्म दुई अर्ब जतिको क्षति भएको अनुमान गरेका छौंँ ।” क्षतिको पूर्ण विवरण आइनसकेकाले यो रकम अझ बढ्न सक्ने उहाँको भनाइ छ । क्षतिको पूर्ण विवरण तयार भएपछि सडक र पुललगायतका संरचनाहरुको पुन:निर्माणका लागि योजना बनाएर अघि बढ्ने उहाँले बताउनुभयो । रासस