७ पुष २०८२, सोमबार
,
Latest
जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक भयो: एमाले



अ+ अ-

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ।

मंगलबार होटल बसेरामा बसेको सचिवालय बैठकले प्रधानमन्त्री ओलीको भ्रमणले अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उजागर गरेको महासचिव शंकर पोखरेलले बताए।

‘प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धिमूलक रह्यो। औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको छ। नेपालको प्रतिष्ठालाई वृद्धि गर्ने कुरामा भ्रमण उपलब्धिमूलक रहेको निष्कर्ष बैठकको छ’, उनले भने ।

प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघ महासभाको ७९औँ महासभामा भाग लिएर सोमबार फर्किएका हुन् ।