१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक

बैंकिङ प्रणालीमा भएका सुकिला नोट व्यवस्थापन गर्न दशैँमा नयाँ नोट बजारमा ल्याएनौं: राष्ट्रबैंक
अ अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा भएका सुकिला नोट व्यवस्थापन गर्नको लागि दशैँमा नयाँ नोटको सट्टा सुकिला नोट साट्ने व्यवस्था गरेको बताएको छ ।

आईतवारदेखि नेपाल राष्ट्र बैंकको केन्द्रिय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न पाइने व्यवस्था गरेको छ । राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लीराम पोखलले विगतका दशैंमा नयाँ नोट साट्ने व्यवस्थालाई अब नयाँ नोट नभई बैंकमा भएका सुकिला नोट व्यवस्थापनको लागि उक्त व्यवस्था गरिएको बताउनु भयो ।

पोखरलले यो वर्षको दशैँमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गर्न लागिएको बताउनु भयो । उहाँले राष्ट्र बैंकका साथै बैंकहरूमार्फत समेत सुकिला नोट साट्न सकिने व्यवस्था गरिएको बताउनु भयो । उहाँले पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा सुकिला नोटहरु प्रशस्त रहेको र राष्ट्र बैंकले व्यवस्थापन गर्नुपर्ने भएकाले दशैंमा नोट व्यवस्थापन गर्न नयाँ नोट बजारमा नल्याएको उल्लेख गर्नुभयो ।

राष्ट्र बैंकसँग तथा बैकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य नोट साट्ने बताउनु भयो । उहाँले सुकिला नोट व्यवस्थापनमा समस्या रहेको भन्दै दशैंको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य नयाँ नोट बजारमा नल्याएको बताउनु भयो । उहाँले नयाँ नोट छपाई नेपालमा नहुने र विदेशी विदेशी मुद्रा तिरेर नयाँ नोट छपाई गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै छपाईको लागत कम गर्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोगमा ल्याएको बताउनु भयो । उहाँले पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउने बताउनु भयो । उहाँले अब परम्परा जस्तै रहेको दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै मानिसहरुलाई बाहिर ल्याउन खोजिएको बताउनु भयो । उहाँले बजारको आवश्यकता अनुसार राष्ट्र बैंकले नयाँ नोट छपाई र सटही गर्दैै जाने बताउनु भयो । उहाँले आम नागरिकले दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नगरेको भन्दै पैसालाई जतन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो,‘विगतमा नेपाल राष्ट्र बैंकले नयाँ नोट सटही गर्दै आएपनि यो वर्षदेखि सफा नोट मात्रै सटही गर्ने भएको छ । हामीसँग बैंकिङ सिस्टममा प्रशस्त मात्रामा सुकिला,चलनचल्तीमा प्रयोग गर्न योग्य छन् । त्यसलाई प्रयोग गर्नसक्यौं भने सुकिला नोट व्यवस्थापन गर्नसक्छौ । बैंक तथा वित्तीय संस्थामा प्रशस्त सुुकिला नोट भएको र व्यवस्थान गर्नु परेकाले नयाँ नोट नआएको हो । सुकिला नोट व्यवस्थापनमा समस्या परेको अवसरमा व्यवस्थापन गर्ने उद्देश्य हो । नयाँ नोट छपाई नेपालमा हुँदैन । विदेशी मुद्रातिर नयाँ नोट छपाई गर्नुपर्ने हुन्छ । बैंकहरुमा उपलब्ध नोट प्रयोग गर्नसक्छौं भने छपाईको लागत कम गर्नसक्छौं भन्ने उद्देश्यले यो वर्षदेखि सफा नोट प्रयोग गरौं भन्ने हो । पुराना नोट प्रयोग गर्न अयोग्य भएपछि नयाँ नोट बजारमा आउँछ । अब दशैंमा मात्रै नयाँ नोट चाहिन्छ भन्ने मानसिकताबाट बिस्तारै हामी बाहिर जानुपर्छ । आवश्यकताअनुसार राष्ट्र बैंकले नयाँ नोट छपाई र सटही गर्दैै जान्छ । दशैंको समयमा नयाँ नोट बजारमा ल्याउँदा नोटको हिफाजत नहुने देखिएको छ ।’

सुकिला नोट साट्न चाहनेले १८ हजार ५०० रुपैयाँसम्म पाउनेछन् । ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउनेछन् । नेपाल राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएको थियो । तर यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्न पाइने भएको छ । न्युज एजेन्सी नेपाल