२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेबनानमा भएको हवाई आक्रमणमा हमास नेताको मृत्यु



अ+ अ-

एजेन्सी । प्यालेस्टिनी लडाकू समूह हमासले लेबनानको दक्षिणमा सोमबार भएको आक्रमणमा आफ्ना नेताको मृत्यु भएको जनाएको छ ।

“हमासका नेता फतह शरीफ अबु अल अमीनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “लेबनानमा रहेका हमासका विदेशमामिला हेर्ने नेताको दक्षिण लेबनानको अल बास क्याम्पमा रहेको आफ्नो घरमा भएको हवाई आक्रमणमा मृत्यु भएको छ ।”

आक्रमणमा उहाँकी श्रीमती, छोरा र छोरीसहितको मृत्यु भएको हमासले बताएको छ ।

लेबनानी राष्ट्रिय समाचार संस्थाले टायर शहर नजिकै अल बासमा हवाई आक्रमण भएको र शिविरलाई निशाना बनाइएको यो पहिलो पटक भएको जनाएको छ ।

पपुलर फ्रन्ट फर द लिबरेशन अफ प्यालेस्टाइन ९पिएफएलपी० ले बेरुतको कोला जिल्लामा सोमबार बिहान भएको आक्रमणमा आफ्ना तीन जना सदस्यको मृत्यु भएको बताएको केही घण्टापछि उक्त वक्तव्य आएको हो ।

करिब एक वर्षअघि गाजा युद्ध सुरु भएयता इजरायलले लेबनानमा रहेका हमासका अधिकारीलाई पटक–पटक निशाना बनाउँदै आएको छ ।

गत जनवरीमा इजरायलले गरेको आक्रमणमा हमासका उपनेता सालेह अल–अरुरी र अन्य छ जना लडाकू मारिएका थिए ।

गत अगस्टमा दक्षिण लेबनानको सिदोन शहरमा इजरायली आक्रमणमा हमासका कमाण्डर समर अल हजको मृत्यु भएको थियो ।

लेबनानमा रहेका ती शिबिरहरू गाजामा इजरायल स्थापनाको समयमा सन् १९४८ को युद्धताका स्थापना गरिएको थियो ।

लामो समयदेखिको परम्पराअनुसार लेबनानी सेना शिविरबाट बाहिर रहन्छ र प्यालेस्टिनी समूहलाई त्यहाँको सुरक्षा सम्हाल्ने जिम्मेवारी दिइन्छ ।