२० मंसिर २०८२, शनिबार
,
Latest
निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न प्लेअफ पुग्दा उत्साहित छौँः लुम्बिनीका कप्तान पौडेल आइटिएफ टेनिसः नेपालकी शिवाली फाइनलमा स्वास्थ्य मन्त्री डा गौतमद्वारा स्वास्थ्य बिमा सुधार्न छलफल संयुक्त बैठकले निर्वाचनको बलियो वातावरण बनेको छ : सञ्चारमन्त्री खरेल सिप्रदी ट्रेडिङद्वारा टाटा ईभीका लागि ‘Winter EV Service And Exchange Camp’ घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमल थापालाई दोहोरो स्वर्ण



अ+ अ-

काठमाडौं : कमल थापाले बीवाइडी प्रथम भ्याली स्लाम टेनिस प्रतियोगितामा आइतबार दोहोरो स्वर्ण जितेका छन् । कमलले ५५ वर्षमाथि र ६५ वर्षमाथि पुरुष सिंगल्समा स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ५५ वर्षमाथि फाइनलमा कमलले मनोजविक्रम शाहलाई ६–४ र ७–५ को सोझो सेटमा पराजित गरे । अर्को स्पर्धाको फाइनलमा कमलले ध्रुव गुरुङलाई सीधा सेटमा ६–३ र ६–० ले हराए ।

आइतबारै विभिन्न ५ स्पर्धाका डबल्स र १ स्पर्धाको फाइनल पनि भए । पुरुष डबल्समा प्रणव मानन्धर र राजवीर प्रधानको जोडी पहिलो भए । उक्त जोडीले फाइनलमा प्रणव खनाल र सक्षमविक्रम शाहको जोडीलाई सीधा सेटमा ६–४ र ६–१ ले पाखा लगाए । ३५ वर्षमाथि पुरुष डबल्समा जितेन्द्र परियार र इलम दीक्षितको जोडीले सन्तोष खत्री र सुवास बस्न्यातको जोडीलाई ६–४, ४–६ र १०–७ ले पन्छाए ।

४५ वर्षमाथि पुरुष डबल्समा डेगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले रोहित सुनुवार र हिमाल शाहको जोडीमाथि ६–३ र ७–५ को जित दर्ता गरे । ५५ वर्षमाथि पुरुष डबल्समा पनि चन्द्र शाहीले स्वर्ण जिते । उनले उत्तम शेर्पासंग मिलेर मनोज राणा र डेगेन्द्र श्रेष्ठको जोडीलाई ६–२ र ६–४ ले फाइनलमा पाखा लगाए । ६५ वर्षमाथि पुरुष डबल्समा मनोज राणा र ध्रुव गुरुङको जोडी च्याम्पियन बने । उक्त जोडीले फाइनलमा विदुर विष्ट र भिक्टर राणाको जोडीको चुनौती ४–६, ६–२ र १३–११ पन्छाए ।

पुरुष सिंगल्समा प्रदीप खड्का र प्रणव मानन्धर फाइनलमा पुगे । प्रदीपले प्रणव खनाललाई ६–१ र ६–३ तथा प्रणवले निसान श्रेष्ठलाई ६–२, ५–७ र ६–३ को सेटमा पराजित गरे । ४५ वर्षमाथि पुरुष सिंगल्स फाइनलमा कमलबहादुर भण्डारीले रोहित सुनुवारलाई ६–३ र ६–३ ले पन्छ्याउदै स्वर्ण हात पारे ।

महिला सिंगल्समा अभिलाषा विष्ट र सुनिरा थापा उपाधिका लागि भिड्ने भएका छन् । सेमिफाइनलमा अभिलाषाले स्वस्तिका विष्टलाई ६–२ र ६–४ तथा सुनिराले आइशा डोल्कर गुरुङलाई ६–० र ६–१ को सोझो सेटमा हराए । ३५ वर्षमाथि पुरुष सिंगल्समा जितेन्द्र परियारले भीष्मजंग गुरुङलाई ६–१ र ६–२ तथा सन्तोष खत्रीले सिमान्त गुरुङलाई ६–२ र ६–३ को सोझो सेटमा पराजित गरे । प्रतियोगिता सोमबार समपन्न हुनेछ ।