१९ मंसिर २०८२, शुक्रबार
,
Latest
ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता जनकपुर–ढल्केबर सडकखण्डका तीन स्थानमा आकासे पुल निर्माण हुँदै मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम पाँच वर्षमा पनि बनेन सिटीहल दिल्लीमा मोदी–पुटिन भेट: रणनीतिक साझेदारीको नयाँ चरण सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवि र सहकारीमा अड्किएको सरकार विपद् व्यवस्थापनमा चुक्यो– रास्वपा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार रवि लामिछाने‚ रास्वपा पार्टी र सहकारी प्रकरणमा अड्किँदा विपद् व्यवस्थापनमा चुकेको निष्कर्ष निकालेको छ ।

आईतबार पार्टी केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले सो कुरा बताएका हुन् ।

उनले भने, ‘अहिलेको राजनीति रवि‚ रास्वपा र सहकारीमा अड्केको थियो । त्यसैले कोही तयार थिएन र विपदमा आवश्यक परेको बेला सरकार चुकेको देखियो । सत्तारूढ दल नेपाली कांग्रेसको बैठकले सरकार चुकेको निर्णय निकालिसक्यो भने हामीले सरकारले कसरी काम गरेको भन्न सक्छौँ र।’

यसअघि गृहमन्त्री छँदा नै रवि लामिछानेले असोज १७ सम्म बाढी-पहिरोको जोखिम छ भनेर तयारीका लागि एउटा निर्णय गरेको भएपनि अहिले नयाँ गठबन्धन बनेर बनेको सरकारले विपद् व्यवस्थापनमा अर्कमण्डयता देखाएको उनले बताए ।

‘गठबन्धनले संवेदनशीलता देखाएन । हामीले यो सरकारको असक्षमता र अकर्मण्यता देख्यौं । मोबाइलको रिङ टोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा हुँदैन । जोखिम हुनेछ भन्ने आँकलन पहिल्यै थियो । तर, राजनीतिक टिप्पणी गर्नुपर्दा दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखायो।’, उनले भने