६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सकियो नेकपा सचिवालय बैठक, फेरि १० दिनपछि बस्ने



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठक १० दिन पछि बस्ने गरि सकिएको छ ।

निकै लामाे विवाद र रस्साकस्सीबीच बुधबार बालुवाटारमा शुरु भएको  बैठक  १० दिनपछि फेरि बस्ने गरी सकिएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका जानकारी दिनुभयाे ।

बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

अर्काे बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेश गर्ने सम्भावना रहेकाे बताइएकाे छ । यसअघि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकाे राजनीतिक प्रतिवेदनमाथि ओली पक्षले विराेधाशपूर्ण र एकांकी भन्दै कडा टिप्पणी गरेकाे थियाे ।