२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य News Polar गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता News Polar सर्वोच्च अदालतद्वारा सुदूरपश्चिमको बजेटसम्बन्धी रिटमा अन्तरिम आदेश दिन अस्वीकार News Polar काँग्रेस महाधिवेशनः सभापतिका उम्मेदवार थापाद्वारा मतदान, ५ हजार ६ सय बढी मत खस्यो

सौराहामा पर्यटन व्यवसाय फेरि सुस्तायाे

सौराहामा पर्यटन व्यवसाय फेरि सुस्तायाे
अ अ+ अ-

चितवन: दशैँं बिदामा उत्साहजनक देखिएको सौराहाको पर्यटन व्यवसाय पुनः सुस्ताएको छ । यहाँ आएर घुम्ने र सोही दिन फर्किने पर्यटक देखिने गरेको भए पनि आवासीय पर्यटक न्यून मात्रै आएका हुन् ।

दशैँं टीकाको भोलिपल्टदेखि केही दिन आवासीय पर्यटक समेत रहेको भए पनि बिदा सकिएसँगै पर्यटक पनि घटेका हुन् । तिहारको बिदामा पर्यटक आउने अपेक्षा गरेका व्यवसायी निराश बनेका छन् । दशैँको चहलपहलसँगै अधिकांश होटल खुलेका छन् । सबै होटलमा कामदार कर्मचारी काममा आएका छन् । पर्यटक नहुँदा सञ्चालन खर्च धान्नसमेत कठिन भएको व्यवसायीले बताएका छन् ।

जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरेका अनुसार दिनमा घुम्न आउने पर्यटक रहे पनि रात बिताउनेको सङ्ख्या निकै न्यून छ । दिनमा आउने पर्यटकले हात्ती चढ्ने, जीप सफारी गर्ने र सौराहाका रेष्टुरेन्टमा खाएर रमाउने गरेको भए पनि साँझ फिर्ता हुने गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “बस्नेभन्दा दैनिक घुमेर फर्किने धेरै छन् ।” यसरी घुम्नेहरु चितवन र छिमेकी जिल्लाका हुने गरेका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराई होटलमा बस्ने पर्यटकको सङ्ख्या न्यून मात्रै रहेको बताउनुहुन्छ । केही होटलमा विवाहको कार्यक्रम भएको भए पनि अन्य होटल पाहुनाको पर्खाइमा रहने गरेको उहाँको भनाइ छ ।

कोरोना सङ्क्रमण क्रमशः घट्दै गएमा व्यवसाय पूर्ववत् अवस्थामा फर्किने आशा व्यवसायीको छ । रेष्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडा राप्ती किनारका पबहरुमा आन्तरिक पर्यटक आउने गरेको बताउनुहुन्छ । दशैंँपछि हालसम्म रेष्टुरेन्टमा ठीकै व्यापार भएको भन्दै उहाँले अवको अवस्था कस्तो रहन्छ एक दुई दिनमा थाहा हुने बताउनुभयो ।

चैत ११ गतेदेखि बन्द भएका होटल साउनमा केही दिन खुलेर पुनः बन्द भएका थिए । असोज १ गतेदेखि खोलेका होटलले सोचे जस्तो व्यापार गर्न सकेका छ्रैनन् । सौराहामा ११० होटल छन् । साना ठूला सय हाराहारी रेष्टुरेन्ट छन् । सौराहामा होटलमा प्रत्यक्ष रुपमा पाँच हजार ५०० भन्दा बढी कामदारले विभिन्न क्षेत्रमा रोजगारी पाएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जमा घुम्न आउने पर्यटक सौराहामा रात बिताउने गर्दछन् । त्यहाँ आएकाले निकुञ्जभित्र जीप सफारी, पैदल र डुङ्गा सयर गर्दछन् भने निकुञ्जबाहिर मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी र जीप सफारी गर्ने गर्दछन् । निकुञ्जमा देखिने दुर्लभ वन्यजन्तु एकसिङ्गे गैंँडा, बाघ, घडियाल गोहीलगायत जीवजन्तु र चराचुरुङ्गी हेर्न पर्यटक आउने गर्दछन् । (रासस)