७ माघ २०८१, सोमबार
,
Latest
डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर) खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी ४७ औँ राष्ट्रपतिका रूपमा शपथ लिँदा ट्रम्प–शैली: के हुनेछ ? गुरुङ सम्पदाको प्रवर्द्धनका लागि पदमार्ग निर्माण सुशान्त केसीको भक्तपुर कन्सर्टः टिकट मूल्य कति ? सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार: चिनियाँ उपराष्ट्रपति बैंक सबल र प्रभावकारी भएमात्रै नागरिकको विश्वास जित्न सकिन्छः अर्थमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि



अ+ अ-

अस्ट्रेलियामा पछिल्लो तीन महिनामा एमपक्स (मङ्कीपक्स)का घटनामा तीव्र वृद्धि भएको छ । स्वास्थ्य विशेषज्ञहरूले कम खोप दरले शहरबाहिर एमपक्स सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको छ ।

सन् २०२४ सेप्टेम्बरको अन्त्यसम्ममा ७३७ व्यक्तिमा एमपक्स सङ्क्रमण देखिएको छ घने तीमध्ये अधिकांश सङ्क्रमण पछिल्ला केही महिनामा भएका छन् ।

अष्ट्रेलियामा गत वर्ष २६ र सन् २०२२ मा १४४ व्यक्तिमा एमपक्स सङ्क्रमण पुष्टि भएको थियो । यस वर्षको अधिकांश सङ्क्रमितहरू दक्षिणपूर्वी राज्यहरूका रहेका र दुई जनाबाहेक अन्य सबै सङ्क्रमित महिला रहेका छन् ।

अस्ट्रेलियन डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयरका प्रवक्ताले एएफपीसँग कुरा गर्दै यस वर्षको मे महिनादेखि नै सङ्क्रमितको सङ्ख्या बढ्दै गएको बताएका छन् ।

अस्ट्रेलियाले खोप लगाउनका लागि यस पहिलेकोे प्रतिबन्ध हटाएर ‘एमपिक्सको जोखिममा रहेका सबै उमेर समूहका व्यक्तिहरू’ ले खोप लगाउन सक्ने बताएको छ ।

सिड्नीका यौन स्वास्थ्य चिकित्सक तथा जीपी म्याथ्यु शिल्ड्सले राष्ट्रिय प्रसारक एबीसीलाई बताएअनुसार खोप दर कम भएका महानगर क्षेत्रबाहिर भाइरस सङ्क्रमण पत्ता लागेको छ ।

एमपक्स सङ्क्रमित जनावरहरूबाट मानिसमा सर्ने भाइरस हो । यो शारीरिक सम्पर्कको माध्यमबाट पनि मानिसबाट मानिसमा सर्न सक्छ। कुनै–कुनै अवस्थामा घातक यस भाइरसका कारण ज्वरो आउने, मांसपेशी दुख्ने र छालामा ठूलो फोकाजस्तो घाउहरू आउने गर्छ ।

सन् २०२२ को मे महिनामा क्लेड २ बी विश्वभरि फैलिएपछि यो भाइरसबारे अन्तर्राष्ट्रिय रूपमा चासो बढेको थियो । जुलाई २०२२ मा, विश्व स्वास्थ्य सङ्गठनले अन्तर्राष्ट्रिय सरोकारको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको थियो ।

अस्ट्रेलियाले एमपक्सको अधिक खतरनाक मानिएको नयाँ ‘क्लेड १ बी भेरियन्ट’को मानिसमा सङ्क्रमण पुष्टि भने गरेको छैन ।