१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह

पूर्वी र मध्य तराईमा अत्याधिक वर्षा, सतर्क रहन आग्रह
अ अ+ अ-

काठमाडैँ । देशभर मनुसन सक्रिय काठमाडौं उपत्यकासहित देशभर सघन वर्षा भइरहेको छ। पूर्वी र मध्य तराईमा भने भारी वर्षा भएको छ। यो क्रम आइतबारसम्मै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी प्रदेशका झापा, मोरङ, इलाममा अत्याधिक वर्षाले जनजीवन प्रभावित भएको छ। २४ घण्टाको अवधिमा झापाका चन्द्रगढी विमानस्थलमा सबैभन्दा बढी २३२.२, केचनामा २१२, अनारमनी विर्तामा २०२, गौरादहमा १९७, बाहुनडाँगीमा १६७ र सिस्नेमा १४३ मिलिमिटर वर्षा भएको छ ।

यस्तै, झापापछि सबैभन्दा धेरै इलामको माईचुलीमा २३१ मिलिमिटर वर्षा भएको छ । मोरङको बाहुनीमा १८०, विराटनगर विमानस्थलमा १८९.२, सप्तरीको बरमझियामा १८५, उदयपुरको सुन्दरपुरमा १५१, सप्तरीको रुपनी बजारमा १५२ मिलिमिटर वर्षा भइरहेको छ।

अहिले पूर्वी र मध्य तराईमा बढी वर्षा भइरहेकाले बादल गहिरिँदै गइरहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले बताए। उनले वर्षा अझै बढ्न सक्ने बताए।

मौसमविद्का अनुसार शनिबार रातिबाट मात्रै वर्षा मत्थर हुने देखिन्छ।