११ आश्विन २०८१, शुक्रबार
,
Latest
जेबिएनएल सेक्यूरिटिज् ग्लोबल आईएमई सेक्यूरिटिज लिमिटेडमा परिवर्तन हुँदै पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध नारायणी नदीमा झोलुंगे पुल बनेसँगै सुस्तावासीले भनेः जोखिमबाट मुक्ति पायौँ चाडपर्व लक्षित सुरक्षाका लागि प्रहरी तयार, खसी बजार, गहना पसलदेखि टिकट काउन्टरसम्म गस्ती सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज र नित्यानन्द सिफारिस भारतमा ७ वर्षीय बालकलाई बलि दिइयो यस्तो छ प्रहरीको चाडबाड सुरक्षा योजना अस्ट्रेलियामा एमपक्सका बिरामीको सङ्ख्यामा वृद्धि मानवता इतिहासकै कठिन मोडमा छ, वैश्विक एकता आवश्यक छ: परराष्ट्रमन्त्री भैरहवा र पोखरा विमानस्थल सञ्चालन गर्नसके दोब्बर पर्यटक नेपाल भित्रिन्छन्ः अध्यक्ष शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधीय गुणले भरिपूर्ण रातकी रानी अर्थात् पारिजात



अ+ अ-

काठमाडौं । नेपालमा प्राय: सबै जिल्लामा पाइने पारिजात फूल सजावटका रुपमा मात्र नभएर औषधिका रुपमा समेत प्रयोग गरिन्छ । यो फूल लोकप्रिय छ ।

पारिजात फूलको विशेष महत्व छ । यसले मुख्य गरी जीवनमा तनाव हटाउन मद्धत गर्दछ । यतिमात्र होइन त्यसको वास्नाले नै मनमा खुशी पैदा गराउँछ । साथ साथै सुगन्धले मस्तिष्कलाई शान्त पार्छ ।

यसको जातीय नाम (वैज्ञानिक) निक्टान्थस अर्थात् निशा–पुष्प हो । यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झन्डै खाक्सी जस्तै खस्रो हुन्छ ।

पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ । यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ ।

पारिजातको फूल महिलाको नाकको फुलीझैँ फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फुलीको नली भने सुन्तले रंगमा अलि पहेँलो पहेँलो हुन्छ । यस फूलप्रति इन्द्र, कुवेर, कृष्ण र सत्यभामा समेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् । तर पारिजातको दुखान्तकथा पनि कम मार्मिक छैन ।

पारिजातकी एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन्। दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो, पारिजात । यो फुल चकमन्न रातमा बोटै भरी फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै झरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू ।

अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझैदेखि पारिजातको बोटमुनितिर चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ । यस वनस्पतिको प्रजातीय नाम आर्वोट्रिस्टिसले पनि दु:खित वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम निक्टान्थस आर्वोट्रिस्टिस को अर्थ लगाउन थाल्यौँ भने ’रातमा फुल्ने दु:खित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । ग्रीक भाषाको शाब्दिक संयोजनले यही भन्छ ।

पारिजात आऊँ, महिनाबारीका बखत धेरै रगत बग्ने, घाउ, दीर्घ खालको ज्वरो, दम, कफ, कब्जियत, जोर्नी र मांशपेसी दुखेको, कपाल फुल्ने र झर्नेमा पातको रस खाने चलन छ । पातलाई पानीमा हाली मधुरो आगोमा पकाएर खानुपर्छ । पात र फूललाई तातो पानीमा हाली सुत्केरी महिलालाई ख्वाउँदा छिटो साल–नाल झर्छ । अनुहारलाई चम्किलो बनाउन यसको फूलको लेदो दलिन्छ । तालु खुइलिंदा र स्कर्भीमा बीउको धूलो दलिन्छ । आयुर्वेद अनुसन्धान अनुसार १५ देखि २० वटा पारिजातको फूलको रस बनाएर पिएमा हृदय रोगहरु निको हुने बताइन्छ ।