२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाणिज्य बैंकहरुको नाफा साढे २७ अर्ब, ९ वटाको नाफा घट्यो



अ+ अ-

काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूमध्ये ९ वटा बैंकको नाफा घटेको छ ।

बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार ६ महिनाको यो अवधिमा वाणिज्य बैंकहरुले कुल २७ अर्ब ४३ करोड रुपैयाँ बराबर नाफा कमाएका छन् । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.६२ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकहरुको नाफा २८ अर्ब ७६ करोड रुपैयाँ रहेको थियो ।

यो अवधिमा सबैभन्दा धेरै नाफा नबिल बैंकले कमाएको छ । उक्त बैंकले ३ अर्ब २४ करोड रुपैयाँ नाफा कमाउँदा एनआईसी एशिया बैंकको सबैभन्दा कम अर्थात् १५ करोड १७ लाख रुपैयाँ कमाएको उल्लेख छ ।

त्यस्तै, ग्लोबल आईएमई बैंकले ३ अर्ब ५ करोड नाफा आर्जन गर्दा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको २ अर्ब ८३ करोड, एभरेष्ट बैंकको २ अर्ब ७ करोड, एनएमबि बैंकको २ अर्ब, प्राइम बैंकको १ अर्ब ८६ करोड स्ट्यान्डर्ड चार्टर्ड बैंकको १ अर्ब ६४ करोड तथा हिमालयन बैंकको नाफा १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ ।

त्यस्तै, प्रभु बैंकको १ अर्ब ३३ करोड, सानिमा बैंकको १ अर्ब १९ करोड, लक्ष्मी सनराइज बैंकको १ अर्ब १६ करोड, कृषि विकास बैंकको ९५ करोड, नेपाल एसबीआई बैंकको ९० करोड, माछापुच्छ्रे बैंकको ८० करोड, राष्ट्रिय वाणिज्य बैंकको ७६ करोड, सिटिजन्स बैंकको ६६ करोड, सिद्धार्थ बैंकको ५३ करोड, नेपाल बैंकको ४६ करोड र कुमारी बैंकको २७ करोड नाफा रहेको देखिएको छ ।

प्रतिशतका आधारमा हेर्दा यो अवधिमा प्रभु बैंकको नाफा सबैभन्दा धेरै बढेको छ । उक्त बैंकको ८५.४८ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ बराबरको नाफा कमाएको छ । त्यसबाहेक नेपाल इन्भेष्टमेन्ट बैंकको ५७.१८ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४९.५१ प्रतिशत, एनएमबि बैंकको ४५.६० प्रतिशत, एभरेष्ट बैंकको २१.१० प्रतिशत, लक्ष्मी सनराइज बैंकको ९ प्रतिशत, नेपाल एसबीआई बैंकको ७.१० प्रतिशत, सानिमा बैंकको ४.७१ प्रतिशत, नबिल बैंकको २.८१ प्रतिशत हिमालयन बैंकको ०.९८ प्रतिशत तथा माछापुच्छ्रे बैंकको ०.२४ प्रतिशतले नाफा बढेको छ ।

बाँकी ९ बैंकको नाफा भने घटेको छ । प्रतिशतका आधारमा चालू आवको दोस्रो त्रैमासम्ममा एनआईसी एशिया बैंकको सबैभन्दा बढी नाफा घटेको छ । एनआईसीको ९२.०३ प्रतिशतले नाफा घट्दा कुमारी बैंकको ६८.२० प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६२.१३ प्रतिशत, सिद्धार्थ बैंकको ५२.३५ प्रतिशत, कृषि विकास बैंकको २९.३४ प्रतिशत, नेपाल बैंकको २१.६८ प्रतिशत सिटिजन्स बैंकको १५.४५ प्रतिशत, प्राइम कमर्शियल बैंकको १४.३३ प्रतिशत तथा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ४.९६ प्रतिशतले घटेको देखिएको छ ।

 




भर्खरै