२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

अनि गए ओली बैठकमा

अनि गए ओली बैठकमा
अ अ+ अ-

काठमाडौ। राजनीतिक सरगर्मी बुधबार बिहानसम्म यस्तो थियो, सत्तासीन दल नेकपा अब विभाजनतिर गयो। प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मंगलबार साँझ पार्टी सचिवालयको बैठककै समयसँग ‘जुधाएर’ मन्त्रिपरिषद् बैठक बोलाइएको सूचना मन्त्रीकहाँ पठाएका थिए। तर, बुधबार बिहानै प्रधानमन्त्री ओलीलाई उनीनिकट नेता उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्बाङले भेट गरे। पार्टी बैठक छल्ने भनेर असन्तुष्ट पक्षले लगाउँदै गरेको आरोपलाई बल पुग्ने गरी मन्त्रिपरिषद् बैठक राख्न नहुने सुझाव केही नेताले दिए।

प्रधानमन्त्री ओली त्यसअघि आफूविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रस्तावको कुनै जवाफ नदिने, प्रस्ताव फिर्ता नभएसम्म संवादमा नबस्ने र बैठकसमेत हुन नदिने अडानमा थिए। तर, ओलीलाई आफूनिकट नेताले बैठकको सामना गरेर जाने, दाहालको प्रस्तावको ‘काउन्टर जवाफ’ दिने रणनीति अख्तियार गर्न सुझाएका थिए। अझै तयारी गरेर जानुपर्ने, जसरी अगाडि बढ्न खोजिए पनि हतारमा निर्णय गर्दा गल्ती हुन सक्ने भएकाले ‘कुलिङ पिरियड’ लिनुपर्ने र अन्तिमसम्म प्रयत्न गर्नुपर्ने दबाब ओलीमा थियो। अर्कातिर चिनियाँ राजदूतले पनि प्रधानमन्त्री ओलीसँगको भेटमा पार्टी मिलाउने मुख्य जिम्मेवारी ओलीसँगै रहेकाले पार्टी एकताको पहल लिन आग्रह गरेकी थिइन्।

वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि उनीनिकट दुई मन्त्री योगेश भट्टराई र घनश्याम भुसालले दबाब दिएका थिए। उनीहरूले बैठकमा ओलीलाई हामी ल्याउँछौं तर तपार्इंहरू ९दाहाल–नेपाल०ले पनि फाइट टु फिनिस नगरौं, पार्टी एकता जोगाउनुपर्छ भनेका थिए। नेपालले पनि ओली बैठकमा आउँछन् भने ‘ठीकै छ’ भन्ने जवाफ दिएका थिए। त्यसपछि भुसालले महासचिव पौडेललाई भेटेर बैठकमा ओलीलाई जसरी पनि ल्याउन आग्रह गरेका थिए।

पूर्वमाओवादी धारका नेताहरूले अर्का अध्यक्ष दाहाललाई ‘फाइट टु फिनिस नगरौं, अझै मिल्ने ठाउँ छ खोजी गरौं’ भन्ने प्रस्ताव गरिरहेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले पनि दाहालसँगको संवादपछि ओलीइतर समूहका नेताहरू बैठक नरोकी अगाडि जान खोजेको प्रस्ट सन्देश आएको भन्दै ओलीलाई बैठक सामना गरेर जाँदा पार्टी एकता जोगिने सुझाव दिएकी थिइन्। त्यसपछि भने ओलीले एकाएक ‘मुड’ परिवर्तन गरी बैठकको सामना गर्ने नीति अख्तियार गरेको नेकपाका एक सचिवालय सदस्यले बताए।

ओलीले बुधबार राष्ट्रपति भण्डारीसँग भेट गर्न जानुअघि मन्त्रिपरिषद् बैठक एक घण्टा ढिलो गर्ने गरी सारेका थिए। उनले मंगलबार राति पनि राष्ट्रपतिसँग छलफल गरेका थिए। बैठक सामना गरेर जाने सुझाव आएपछि ओलीले बैठकमा सहभागी हुने निष्कर्ष आफूनिकट नेतालाई सुनाएका थिए। त्यसपछि भने महासचिव पौडेलले अर्का अध्यक्ष दाहाललाई टेलिफोन गरी बैठक निर्धारित समयमा बस्ने र प्रधानमन्त्री पनि सहभागी हुने जानकारी गराएका थिए।

त्यो सन्देशछि खुमलटारमा वरिष्ठ नेता नेपाल र दाहालबीच संवाद भएको थियो। अनि प्रवक्ता नारायणकाजी श्रेष्ठले सामाजिक सञ्जालमा लेखे, ‘निर्धारित समयमै बालुवाटारमा सचिवालय बैठक बस्छ।’

ओली अघिल्लो दिन अबेर रातिसम्म महासचिवलाई बुधबारको सचिवालय बैठक स्थगन गराउने गरी सूचना जारी गराउन लगाउने तयारीमा थिए। तर, ओलीसमेत बैठकमा सहभागी हुने सन्देशपछि दाहाल निर्धारित समयभन्दा केहीअगावै बैठकस्थल प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका थिए। तर, त्यहाँ बैठकअघि दुई अध्यक्षबीच संवाद हुन नसकेको बालुवाटारनिकट स्रोत बताउँछ। रामकृष्ण अधिकारीले अन्नपूर्ण पोस्ट दैनिकमा समाचार लेखेका छन् ।