१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई आधा शताब्दी भन्दा बढी समयपछि सफाइ

जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई आधा शताब्दी भन्दा बढी समयपछि सफाइ
अ अ+ अ-

एजेन्सी । जापानमा मृत्युदण्डको सजाय सुनाइएका कैदीलाई हत्याको सजाय भोगेको आधा शताब्दीभन्दा बढी समयपछि जापानी अदालतले प्रमाण बनावटी भएको फैसला गर्दै बिहीबार सफाई दिएको छ ।

प्रतिकुल स्वास्थ्य अवस्थाले ८८ वर्षीया पूर्व बक्सर इवाओ हाकामादा आफ्नो मुद्दाको फैसला सुन्न अदालतसमक्ष उपस्थित हुन असक्षम हुनुभएको छ । समर्थकहरूले मुद्दा दोहोर्‍याउन गरेको एक दशक लामो अभियानपछि उहाँलाई अदालतले सफाइ दिएको हो ।

उहाँको ९१ वर्षीया दिदीले हाकामादालाई निर्दोष घोषणा गर्ने सिजुओका जिल्ला अदालतका न्यायाधीशसमक्ष गहिरो सम्मान व्यक्त गर्नुभएको छ ।

हाकामादाले सन् १९६८ मा आफ्नो मालिक, मालिकको श्रीमती र उहाँका दुई बालबालिकाको हत्या गरेको अभियोगमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाइएको थियो ।

अनुसन्धानकर्ताले बनावटी प्रमाण सङ्कलन गरेको र मानसिक र शारीरिक पीडा दिएर अमानवीय ढङ्गबाट सोधपुछ गरी बयान दिन बाध्य पारेको र त्यसैको आधारमा उहाँलाई मृत्युदण्डको सजाय दिने फैसला सुनाइएको बिहीबारको फैसलामा उल्लेख छ ।

“अभियोजन पक्षले प्रतिवादीको ‘मौन रहने अधिकार’लाई प्रभावकारी रूपमा उल्लङ्घन गरेर उहाँको बयान प्राप्त गरेका थिए,” फैसलामा भनिएको छ ।

यस मुद्दाको फैसला सुन्न सयौं मानिसहरू बिहान अदालतमा जम्मा भएका थिए ।

“म अभियोजकको कार्यालयमा गएँ र भनेँ म १०० वर्षको नभएसम्म हामीलाई लड्न बाध्य नबनाउनुहोस्,” फैसलाअघि हिडेकोले सञ्चारकर्मीसँग बताउनुभयो ।

मृत्युदण्डको सजाय कायम राख्ने संयुक्त राज्य अमेरिकाबाहेक जापान एक मात्र प्रमुख औद्योगिक लोकतन्त्र हो, जसलाई व्यापक सार्वजनिक समर्थन गरिएको छ ।

जापानको युद्धपछिको इतिहासमा पुन:मुद्दा चलाउने पाँचौँ मृत्युदण्डको सजाय सुनाइएको कैदीमध्ये हाकामादा एक हुनुहुन्छ । यसभन्दा अघिल्लो सबै चारवटा मामिलाहरू पनि निर्दोष ठहरिएका थिए ।

सन् २०१८ मा एएफपीलाई निर्दोष साबित गर्ने आफ्नो लडाइँको वर्णन गर्दै हाकामादाले आफूले ‘हरेक दिन एउटा लडाइँ लडिरहेको’ महसुस गरेको बताउनुभएको थियो ।

समर्थकहरूले बिहीबार उहाँको टेलिभिजनको रिमोट कन्ट्रोलबाट ब्याट्रीहरू निकालिदिएकाले हाकादामालाई आफ्नो मुद्धाको फैसलाबारे ज्ञान नभएको जापानी सञ्चारमाध्यमले जनाएका छन् ।

सर्वोच्च अदालतले सन् १९८० मा हाकामादालाई मृत्युदण्डको सजाय दिएको थियो तर उहाँका समर्थकहरूले मुद्दा पुन:दोहोर्‍याउन दशकौँसम्म सङ्घर्ष गरे।

सन् २०१४ मा मुद्दा पुन: सुरु गर्न अदालतबाट स्वीकृत भएपछि हाकामादा जेलबाट रिहा हुनुभयो । यद्यपि, मुद्दा पुन: सुरु हुन गत वर्षसम्म लाग्यो ।

“यति लामो समयसम्म, हामीले अनन्त लडाइँ लडेको महसुस गरेको छौँ,” हिडेकोले जुलाईमा भन्नुभएको थियोे ।

हाकामादाले सुरुमा सन् १९६६ मा पीडितलाई लुटेको र हत्या गरेको कुरा अस्वीकार गर्नुभएको थियो तर पछि प्रहरीको क्रूर सोधपुछपछि उहाँले कसुर स्वीकार गर्नुभयो ।

“फ्री हाकामादा नाउ” भन्दै टी–शर्ट लगाएका समर्थक अत्सुसी जुकेरानले अदालत बाहिर बताउनुभयो “यो मुद्दा ‘जापानको आपराधिक न्याय प्रणाली कसरी परिवर्तन हुनुपर्दछ’ भन्ने पीडादायी सम्झना हो।”

“यो सङ्घर्ष कति लामो समयसम्म चलेको हो भन्ने कुरालाई ध्यानमा राख्दै मेरो एउटा अंशले निर्दोष मुक्तिको उत्सव पूर्ण रूपमा मनाउन सक्नेछैन,” जुकेरानले भन्नुभयो ।

हाकामादाको मुद्दा जापानको तथाकथित ‘बन्धक न्याय’ प्रणालीको अनगिन्ती उदाहरणमध्ये एक मात्र हो,” ह्युमन राइट्स वाचका एसिया कार्यक्रम अधिकारी टेप्पी कसाईले फैसलाअघि बताउनुभयो ।

एम्नेस्टी इन्टरनेसनलले अदालतको यो फैसलाबाट ‘अत्यधिक खुसी’ भएको बताएको छ।

“लगभग आधा शताब्दीको गैरन्यायिक कारावास र उहाँको मुद्दा दोहोर्याउनका लागि गरिएको थप १० वर्षको प्रतिक्षापछि यो फैसला उहाँले आफ्नो जीवनको अधिकांश समयमा भोगेका गहन अन्यायको महत्त्वपूर्ण मान्यता हो,” समूहका पूर्वी एसिया अनुसन्धानकर्ता बोरम जाङले एक विज्ञप्तिमा भन्नुभयो ।