१ भाद्र २०८३, सोमबार
,
Latest
इरान सम्झौतामा बाधा पुर्‍याए ओमानमाथि बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी करदाता प्रोत्साहन उपहार कार्यक्रमः साउन दोस्रो पाक्षिकका विजेता घोषणा गुरही पर्वले प्रकृति संरक्षण र थारू समुदायको एकताको सन्देश दिन्छ : मन्त्री चौधरी ढोरपाटन हिँडेका पर्यटकलाई सडकका कारण सास्ती लेक लागेर ज्यान गुमाउने बर्सेनि बढ्दो, युवा धेरै यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना मुलुकीसंहिता समयानुकूल संशोधनको आवश्यकता छः मन्त्री गौतम नामी इन्टरनेशनल स्कुलमा विद्यार्थीलाई स्वागत कार्यक्रम श्रावण शुक्ल पञ्चमीः घरका ढोकामा नागको चित्र टाँसेर मनाइयो संसदमा भदौ १० गते प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध



अ+ अ-

एजेन्सी । बङ्गलादेशका सबै सुपरमार्केटमा प्लाष्टिक (पोलिथिन एण्ड पोलिप्रोपाइलिन ब्याग) झोला राख्न प्रतिबन्ध लगाइएको छ । यो निर्णय अक्टोबर १ देखि लागु हुनेछ ।

सरकारले नोभेम्बर १ देखि अन्य बजारमा पनि प्लाष्टिकका झोलामाथि प्रतिबन्ध लगाइने सरकारी अधिकारीले मङ्गलबार घोषणा गरेका छन् ।

बङ्गलादेशको अन्तरिम सरकारको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्रालयका सल्लाहकार सैयदा रिजवाना हसनले नोभेम्बर १ देखि पोलिथिन र पोलिप्रोपाइलीनका उत्पादकहरूविरुद्ध कडा कारबाही गरिने बताउनुभयो ।

सन् २००२ देखि लागू भएको प्लाष्टिक झोलामाथिको प्रतिबन्धलाई अब कडाइका साथ लागू गरिने उहाँले बताउनुभयो ।

सुपरस्टोर्सले वैकल्पिक ब्यागका लागि अर्डर दिइसकेको र माग पूरा गर्न आवश्यक व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

सञ्चारमाध्यमले राष्ट्रव्यापी अभियानमार्फत जनचेतना जगाउने कदमसहित आगामी प्रतिबन्ध लागू गर्न विस्तृत कार्ययोजना बनाइएको अधिकारीहरूले बताएका छन्।