९ आश्विन २०८१, बुधबार
,
Latest
आशिका तामाङविरुद्ध प्रहरीमा जाहेरी आर्थिक वृद्धि र जीवनस्तर सुधारका लागि यातायात पूर्वाधार अत्यावश्यक: अर्थमन्त्री पौडेल संविधानको मर्म र भावना विपरित अधिकारहरु कटौती गर्दैनौँ: कार्यवाहक प्रधानमन्त्री सिंह नेपालको ओडीआई वरीयता खस्कियो जन्मदिनको अवसर पारेर लोमश शर्माले सार्वजनिक गरे लोकगीत ‘अल्ली नजिक सरिदेउन’ ‘प्रेम गीत ३’ ‘सिनेमाघर’मा रिलिज, अब ल्यापटप र डेस्कटपमा पनि हेर्न मिल्ने पूर्वाग्रह साथ पक्राउ नगर्न र पक्राउ गरिएका प्रति मानवोचित व्यवहार गर्न आयोगको आग्रह बङ्गलादेशमा पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध अमेरिकी राष्ट्रपति चुनाव : महाशक्ति राष्ट्रको कमाण्ड कसको हातमा पुग्ला ? बाजुरामा चट्याङ लागेर वृद्धको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘लकडाउन’देखि चित्रकार बनेकी एरिका



अ+ अ-

सुन्दरबजार । जिल्लाको सुन्दरबजार नगरपालिका–८ कुसुण्डे निवासी एरिका सापकोटाले ‘लकडाउन’को समयलाई सदुपयोग गरी गर्नुभएको प्रयासले अहिले कुशल चित्रकार बनाएको छ । आइटी इन्जिनियर सापकोटाले कोभिड महामारीको बेला भएको लकडाउनमा कुची र रङ्गसँग मित्रता गर्नुभएको थियो ।

काम गर्ने इच्छा र जाँगर भएमा तालिम विना पनि दक्षता प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गर्नुभएको छ चित्रकार सापकोटाले । विभिन्न परियोजनाअन्तर्गत स्वदेश तथा विदेशबाट चित्रकलासम्बन्धी काम आउने गरेको उहाँले बताउनुभयो । “कोरोनाको समयमा घर बाहिर निस्कन नहुने भयो, सोही समयलाई सदुपयोग गर्दै कुची र रङ्ग खेलाउन थालेँ, अहिले व्यावसायिक रुपमा चित्र बेच्न थालेकी छु”, उहाँले भन्नुभयो ।

एरिकाले कडा मेहनत र लगावका कारण आफू चित्रकार बनेको बताउनुभयो । “फुपूदिदीको घरमा फर्निचर उद्योग भएको थियो । सुरुआती दिनमा त्यहाँ गएका रङ्ग, कागज र काठका टुक्रामा चित्र बनाउन सिक्थेँ । पछि इन्टरनेटको माध्यमबाट रङ्गको समायोजन र कसरी चित्र बनाउने भन्ने विषयमा अध्ययन र अनुसन्धान गर्दै बनाउन थालेकी हुँ”, उहाँले भन्नुभयो ।

फुर्सदको समयलाई त्यतिकै फाल्नुहुँदैन भन्ने मान्यता राख्ने सापकोटा आफ्नो इन्जिनियरिङको कामबाट केही समय सदुपयोग गरी वा कम्प्युटर हेर्दाहेर्दै दिक्क लागेको समयमा चित्र बनाउने गर्नुहुन्छ । यसबाट ध्यान विकेन्द्रित नहसने र मनलाई प्रफुल्लित बनाउने उहाँको अनुभव छ । “अहिले रङ्गमा हात बसिसकेको छ”, सापकोटाले भन्नुभयो, “सुरुआती चरणपछि आफैँले रङ्ग, ब्रस र कागज किनेर ल्याई क्यानभासमा चित्र बनाउन थालेकी थिएँ ।” एउटा चित्र बनाउन डेढदेखि दुई घण्टा लाग्ने उहाँले जानकारी दिनुभयो ।

चित्र बनाउँदै गर्दा भेटिनुभएकी सापकोटाले भन्नुभयो, “चित्र बनाएर त्यसलाई पूर्णता दिनुपर्छ । कहीँकतै कही अपुग वा कमी भएमा त्यसलाई अन्तिम चरणको तयारी गर्नुपर्छ ।” उहाँले एउटा चित्र न्यूनतम रु सात हजारसम्म र अधिकता रु १२ हजारसम्ममा बिक्री हुने उल्लेख गर्नुभयो ।

कम्प्युटरमा काम गर्ने भएका पनि आवश्यक रङ्ग, ब्रस र कागज ‘अनलाइन’बाट मगाउने गरेको बताउँदै सापकोटाले चित्र बनाउने माग पनि अनलाइनबाट बढी आउने गरेको जानकारी दिनुभयो । विदेशमा रहेका साथीभाइ र आफन्तले प्रोत्साहन तथा प्रचारप्रसार गरिदिनुभएको उहाँको भनाइ छ ।

विदेशमा रहेका शुभचिन्तकको सहयोगले अमेरिकामा एउटा चित्रलाई रु २० हजार र अष्ट्रेलियामा रु १२ हजारमा बिक्री हुने गरेको आएको सापकोटाले बताउनुभयो । पोखरामा फपूदिदीको घरमा बसेर पढ्दा आफूले सिकेको कलाकारितालाई उहाँले जतनका साथ निखार ल्याउँदै हुनुहुन्छ । नेपालमा पनि अनलाइनबाट चित्र बनाउन माग आउने भन्दै अनलाइनबाटै बिक्री हुने गरेको उहाँको अनुभव छ ।

चित्र कस्तो, रङ्ग कुन मनपर्ने भन्ने कुरा मानिसको व्यक्तित्वमा भरपर्ने बताउँदै माग रङ्ग समायोजन गरेर चित्र बनाउने गरेको सापकोटाले उल्लेख गर्नुभयो । “माग ९अर्डर० आएका चित्र सबै बनाउन समय पर्याप्त भएको छैन । आइटीको क्षेत्रमा काम गर्ने भएकाले व्यस्तता पनि निकै छ, फुर्सदमा रङ्गहरुसँग खेल्ने गरेकी छु”, उहाँले भन्नुभयो ।

चित्र बिक्री हुँदा र पुरस्कार पाउँदा अझ बढी गरुँ गरुँ लाग्ने सापकोटाले अनुभव सुनाउनुभयो । गत वर्ष गण्डकी प्रज्ञा–प्रतिष्ठान र क्यानले संयुक्त रुपमा आयोजना गरेको चित्रकला प्रतियोगितामा पुरस्कृत भएको जानकारी दिँदै उहाँले त्यसबाट प्राप्त हौसलाले ठूलो ऊर्जाको काम गरेको बताउनुभयो ।

घरमा बसेर आइटीको क्षेत्रमा देश विदेशका काम गर्नु र त्यसबाट फुर्सद निकालेर चित्र बनाउनु अहिले उहाँको दिनचर्या बनेको छ । आँट र मेहनत गर्ने हो भने जस्तोसुकै कठिन काम गर्न पनि सकिन्छ भन्ने एरिकाले त्यसका लागि तालिम वा प्रत्यक्ष कक्षा लिनु नपर्ने बताउनुभयो । “पछिल्लो समय प्रविधिमा भएको विकासका कारण इन्टनेटको माध्यमबाट जस्तोसुकै काम गर्न र सिक्न सकिँदो रहेछ”, उहाँले भन्नुभयो, “परिवार र आफन्तको सहयोगले आत्मनिर्भर बनाउँदै लगेको छ ।”

अनलाइनबाटै विभिन्न परियोजनाका काम गरिरहेको बताउँदै सापकोटाले चित्रकला कोरिरहँदा मन शान्त र आनन्दित हुने अनुभव सुनाउनुभयो । चित्रकला रोजाइको विषय भएकाले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उहाँको योजना छ ।
रासस