२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेस प्रदेश सरकारका सय दिने कार्य विवरण सार्वजनिक



अ+ अ-

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सय दिनको अवधिमा गरेका कामहरुको विवरण सार्वजनिक गर्नुभएको छ ।

मुख्यमन्त्री सिंह नेतृत्वको मधेस सरकारले सय दिनको अवधिमा गरेका कामहरुको प्रगति विवरण सावर्जनिक गरिएको हो ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गरेको सय दिनको कामको विवरणमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययन अध्यापनका लागि ५० सिटको स्वीकृति, नीति तथा कार्यक्रम तयार, विनियोजन विधेयक तयार तथा पारित, मन्त्रीहरुसँग कार्यसम्पादन करार सम्झौता, लोकसेवा आयोगमा रिक्त अध्यक्ष तथा सदस्य पदको नियुक्ति, कर्मचारी सरुवा व्यवस्थापन उल्लेख छन् ।

प्रदेश सभामा बसेको २९ बैठक, प्रदेश सभाबाट पारित भएका प्रदेश खेलकुद विकास सम्बन्धमा बनेको विधेयक, स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा बनेको विधेयक पारित हुनुलाई समेत कामको विवरणमा समावेश गरिएको छ । सय दिने कार्यविवरण प्रश्तुत गर्दै मुख्यमन्त्री सिंहले प्रदेशमा सुशासन कायम गराउनको लागि आफूहरुले महत्वपूर्ण काम गरेको उल्लेख गर्नुभयो । कर्मचारी सरुवाको समस्यालाई व्यवस्थ्ति गरेको पनि बताउनु भयो ।

मुख्यमन्त्री सिंहले सार्वजनिक गर्नुभएको सय दिने कामको विवरणमा अधिकांश लक्ष्य तथा योजनाहरु मात्रै उल्लेख गरिएको छ ।