२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar नेपालको रग्बीलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य

सार्वजनिक यातायातमा ‘अनलाइन मोनिटरिङ’

सार्वजनिक यातायातमा ‘अनलाइन मोनिटरिङ’
अ अ+ अ-

काठमाडौं । यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको अनुगमन गर्न अनलाइन मोनिटरिङ सिस्टम लागू गरेको छ । लामा दूरीका सवारीमा लागू हुने गरी विभागले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम सुरु गरेको हो । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्बाङले बिहीबार मन्त्रालयमा उक्त सिस्टमको उद्घाटन गरे ।

बदलिँदो परिस्थितिमा यातायात क्षेत्रलाई व्यवस्थित गर्न उक्त प्रणालीले ठूलो सहयोग गर्ने उनले जानकारी दिए । सार्वजनिक यातायातलाई नवीनतम रूप दिँदै आधुनिक प्रविधिमैत्री बनाएर अघि बढ्नुपर्छ,’ मन्त्री नेम्बाङले भने, ‘यस क्षेत्रलाई पारदर्शी, सुरक्षित तथा वातावरणमैत्री बनाउनु आवश्यक छ ।’ यातायात क्षेत्रका धेरै अधिकार प्रदेशअन्तर्गत छन् । कानुन अनि नीति तर्जुमा भइरहेका छन् । केही नीतिगत कुरा संघमा पनि छन् । सार्वजनिक यातायातलाई एकीकृत, पारदर्शी, प्रविधिमैत्री र भरपर्दो बनाउन यातायात प्राधिकरणको परिकल्पना गरिएको उनले बताए । सार्वजनिक यातायात प्राधिकरणसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधिसभामा प्रस्तुत भएको छ ।

अनलाइन मोनिटरिङले यातायातको व्यापारलाई पारदर्शी बनाउने उनको भनाइ छ । ‘यसले कुनै घोटाला हुन दिने छैन,’ मन्त्री नेम्बाङले भने, ‘कुन गाडी कहाँ आयो, कहाँ जाँदै छ, सबै थाहा हुनेछ ।’ सिस्टमले सार्वजनिक सवारी चलाउने व्यवसायीलाई निर्धक्क बनाउने, त्यसमा कार्यरत कर्मचारीलाई ढुक्क बनाउने र यात्रुलाई भरपर्दो र सुरक्षित बनाउने उनले बताए ।

सबै सार्वजनिक यातायातमा अनलाइनबाटै टिकट लिने व्यवस्था गर्न लागिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए । ‘सम्बन्धित गाडी कम्पनीले अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्नुपर्नेछ,’ उनले भने, ‘काउन्टरमा भीड गरेर टिकट लिनुको सट्टा घरमै बसेर अनलाइनबाटै लिने व्यवस्था हुनेछ ।’ यसो गर्दा यात्रु नठगिने र सहज हुने उनको भनाइ छ । यो सिस्टम लागू हुँदा व्यवसायीको खातामा सिधै पैसा जानेछ । ‘कोभिड–१९ को महामारीका बेला यो सिस्टम लागू गर्न हामी हतारिएका हौं, किनकि अनलाइनबाट सेवा उपलब्ध हुँदा कोभिडको जोखिम कम हुन्छ,’ उनले भने । यो सिस्टमबाट टिकट काट्न मिल्दैन । अनलाइनबाट टिकट काट्ने सिस्टम व्यवसायी आफैंले राख्नुपर्ने हुन्छ ।

विभागको सिस्टमसँग व्यवसायीको सिस्टम जोडिनेछ । ‘यात्रुले अनलाइन टिकट काट्दा व्यवसायीले तोकिएभन्दा बढी भाडा लिएका छन् कि, यात्रुले जुन सिट बुक गरेका हुन्, त्यो सिटमा बस्न पाए कि पाएनन्, सबै कुरा हेर्न मिल्छ,’ हमालले भने, ‘यसबारे उजुरी गरे व्यवसायीलाई तत्काल कानुनी दायरामा ल्याउन सकिनेछ ।’ सबै यातायात व्यवसायी अनलाइन सिस्टममा आएपछि काठमाडौं उपत्यकाबाट कति यात्रु बाहिरिए र कति भित्रिए, कति उमेरका गए, कति आर्थिक कारोबार भयो, सबै थाहा हुनेछ ।

अहिले अनलाइन सिस्टम व्यापक रूपमा प्रयोगमा आउन सकेको छैन । यसको प्रयोग बढाउन आवश्यक रहेको हमालले बताए । यसबारे विभागले व्यवसायीसँग छलफल पनि गरिसकेको छ । ‘व्यवसायीबाट रायसुझाव लिने काम भएको छ,’ उनले भने, ‘यसमा सबै सकारात्मक छन् ।’ जहाजको जस्तै अनलाइनबाट टिकट काट्ने सिस्टम बसमा राख्न खोजिएको उनको भनाइ छ । अहिले ३६ कम्पनी सिस्टममा जोडिइसकेको हमालले जानकारी दिए । ‘यसबारे हामी सार्वजनिक रूपमा सूचना पनि जारी गर्नेछौं,’ उनले भने, ‘सबै कम्पनी र व्यवसायीलाई सिस्टममा जोडिन आग्रह गर्नेछौं ।’ व्यवसायीलाई अनलाइन टिकेटिङमा जान विभागले सहयोग गर्ने उनले बताए ।, समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।