८ आश्विन २०८१, मंगलवार
,
Latest
आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने महिला साफको बन्द प्रशिक्षणका लागि एन्फाले बोलायो ४० खेलाडी दलित गाउँका पहिलो शिक्षक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलोमा डुबेर एक बालिकाको मृत्यु



अ+ अ-

मलङ्गवा । सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर एक बालिकाको मृत्यु भएको छ । स्थानीय बब्लु अन्सारीकी छोरी दुई वर्षीया आईसा खातुनको कुलोमा डुबेर आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर अगाडि खेल्दै गरेकी खातुनलाई नदेखेपछि परिवारले आज दिउँसो प्रहरीमा खबर गरेका थिए । तत्काल घटनास्थल पुगेको प्रहरी टोलीले खोजतलास गर्दा घरदेखि एक सय ५० मिटर दक्षिणतर्फ कुलोको पानीमा डुबेर मृत अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यसैबीच सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटियामा हिजो करेन्ट लागेर दुई वर्षीय एक बालकको मृत्यु भएको थियो । रासस