२३ आश्विन २०८३, शुक्रबार Friday, October 9, 2026
२३ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, नर्वेमा व्यापक चर्चा बटुल्न सफल News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन News Polar वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ News Polar सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा विष्ट नियुक्त News Polar कानूनमन्त्री सोविता गौतम र फ्रान्सेली राजदूत इन्जाबीच शिष्टाचार भेटवार्ता News Polar सेवाबाट हटाइए सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल News Polar दोलखामा वर्षौंदेखि अलपत्र २२ निर्माण ठेक्का तोडिए News Polar बेत्रावतीमा बेलिब्रिज जडानको काम धमाधम News Polar ३८ वर्षपछि डधेल्धुरा परशुरामका ५ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar बाढीपहिरोबाट अन्नपूर्णका दुई सय घरपरिवार प्रभावित News Polar एन्फाका अध्यक्षसहित चारजनाविरुद्ध आर्थिक अनियमितता एवं खेल मिलेमतो गरेको कसुरमा मुद्दा दायर News Polar उपत्यकामा दुई दिन विद्युत् आपूर्ति प्रभावित हुन सक्ने News Polar मन्त्री चौधरीद्वारा थारू आयोगका विभिन्न प्रतिवेदन सार्वजनिक News Polar गजुरीको गलौँदीमा सडक भासियो, राजमार्ग पूर्ण रूपमा अवरुद्ध

आन्तरिक किचलोमै अल्झियो कांग्रेस, क्रियाशील सदस्यता वितरणमा विवाद

आन्तरिक किचलोमै अल्झियो कांग्रेस, क्रियाशील सदस्यता वितरणमा विवाद
अ अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आन्तरिक किचलोमै रुमलिएको छ । पार्टीको विचार सिद्धान्तभन्दा पनि पदीय भागबन्डाको किचलो झन् बढदै गएको छ । प्रमुख प्रतिपक्ष दलको भूमिका निर्वाह गर्ने दायित्वबाट चुकेको कांग्रेसमा दिनहुँ बैठक र छलफल भए पनि दुवै पक्षको आ–आफ्नो अडान नछोड्दा विवाद चर्किंदै गएको छ । पदीय भागबन्डा नै मुख्य कारण मानिएको कांग्रेसभित्रको विवादमा पार्टी सभापति शेरबहादुर देउवाले एकतर्फी रुपमा पेलेर अगाडि बढेको आरोप वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ ।

१४औं महाधिवेशनको मिति घोषणा भएपछि सभापति देउवाले केन्द्रीय पदाधिकारी र विभाग गठनको कामलाई तीव्रता दिएसँगै कांग्रेसभित्रको विवाद थप चुलिएको हो । आन्तरिक विवादले विभाजनसम्म भोगेको कांग्रेसमा अहिले पनि अन्तर संघर्ष रुमलिँदै आएको छ । सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति सन्तुलन कांग्रेसमा विवाद मुख्य विषय बन्न पुगेको छ ।

१४औं महाधिवेशन उन्मुख कांग्रेसमा नेताहरुका बीचमा देखिएको अविश्वास र शक्तिको लालसाले आन्तरिक विवाद सतहमा देखिएको छ । देश संघीयतामा गएको लामो समय बितिसक्दा समेत कांग्रेसले आफ्नो पार्टी संगठनलाई संघीय संरचनामा ढाल्न सकिरहेको छैन । भ्रातृ तथा शुभेच्छुक संस्थामा आ–आफ्ना गुटका व्यक्ति राख्नै पर्ने हानाथाप अहिले पनि कायमै छ । पार्टीभित्र संगठनलाई भन्दा पनि नेताहरुको ध्यान आगामी महाधिवेशनमा सभापति र पदाधिकारी बन्नेमा बढी ध्यान केन्द्रित भएको छ ।

कांग्रेसभित्र सभापति देउवा र नेता सिटौला पक्ष आगामी फागुनमा तोकिएको महाधिवेशनको मिति सार्नुपर्ने पक्षमा छन् भने पौडेल पक्ष फागुनमै महाधिवशेन गर्नुपर्ने अडानमा रहेको छ ।

कांग्रेसले आगामी फागुनमा महाधिवशेनको मिति घोषणा गरे पनि अझै क्रियाशील सदस्यता वितरणको काम टुंगो लगाउन सकेको छैन । क्रियाशील सदस्यता वितरणको विषयमा मुख्य विवाद रहेको छ ।

सांसदसमेत रहनुभएका कांग्रेसका नेता राजन केसीले तोकिएको समयभित्र महाधिवेशन गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो– ‘अब बहानाबाजी गरेर महाधिवेशनको मिति सार्न मिल्दैन, कार्यकर्ताको चाहना र भावनाअनुसार नै महाधिवेशन सम्पन्न गर्नुपर्छ ।’

विधानअनुसार चार वर्षे कार्यकाल सम्पन्न भएर एकपटक विशेष परिस्थिति भन्दै थपिएको एक वर्षको अवधि सकिन लाग्दा समेत कांग्रेसभित्र महाधिवेशन हुने सुनिश्चित हुन सकेको छैन । कांग्रेसको पदाधिकारी बैठकले यही मंसिर मसान्तभित्र क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गर्ने निर्णय गरेको छ । तर शीर्ष तहमा कुरा मिल्न नसक्दा क्रियाशील सदस्यता वितरणको काम थप पेचिलो बन्दै गएको छ ।

कांग्रेसका नेता रामशरण महतले पार्टी सभापति देउवाले विधि र पद्धतिअनुसार नै विभागहरुको गठनको कामलाई अगाडि बढाइरहेको बताउनुभयो । पछिल्लो समयमा सभापति देउवाले विभागहरुलाई धमाधम पूर्णता दिएपछि पौडेल पक्ष रुष्ट बनेको छ । विभागलाई पूर्णता दिने सभापति देउवाको निर्णय नै पार्टीभित्र विवादको मुख्य एजेन्डा बनेको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।