१५ श्रावण २०८३, शुक्रबार
,
Latest
देशका अधिकांश भागमा वर्षाको सम्भावना, तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको जोखिम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर मौलिक संस्कृतिः खिर खाएर मनाइँदै साउन १५ ‘सार्वजनिक ऋणका बारेमा संसद्ले निगरानी गर्नुपर्छ’ सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल साम्प्रदायिक सद्भाव कायम गर्न सबै नेता एकजुट हुनुपर्नेमा रास्वपा सभापति लामिछानेको जोड भूकम्पले क्षतिग्रस्त जापानको एक भवनबाट २५ बिरालालाई उद्धार गरियो मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार सात जना फरार प्रतिवादी पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम



अ+ अ-

काठमाडौँ । श्रीलंकाका लागि राजदूतमा प्रस्तावित रामकृष्ण भट्टराईले आफ्नो नाम फिर्ता लिएका छन् ।

भट्टराईले स्नातक तह उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र पेस गर्न नसकेपछि नाम फिर्ता लिएका हुन् ।

उनले आफ्नो उम्मेदवारी कायम राख्न नचाहेको कुरा उल्लेख गरेर संसदीय सुनुवाइ विशेष समितिमा पत्र पठाएका छन् ।

समितिको आजको बैठकले उनको नाम अस्वीकृत गर्ने तयारी गरेको थियो । यसअघि आइतबार र सोमबार पनि सुनुवाइ समिति बैठक बसेको थियो तर दुई तिहाइ सांसद उपस्थित नभएकोले निर्णय गर्न सकेको थिएन ।

समितिले प्रस्तावित १७ राजदूतमध्ये ३ असोजमा १६ जनाको नाम अनुमोदन गरेको थियो ।