२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाली टोलीले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ ।

क्यानडाको किंग्स सिटी मैदानमा हुन लागेको खेल नेपालीसमयअनुसार बेलुकाको ८:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि खेलिएका तीन खेलमा लगातार हार बेहोरेको नेपालले आजको खेल जित्दै शृङ्खलाको सुखद् अन्त्य गर्न चाहन्छ ।

पहिलो खेलमा नेपाल क्यानडासँग १ सय ३ रनको फराकिलो अन्तरले पराजित भएको थियो । दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको नेपाल तेस्रो खेलमा क्यानडासँगै ५ विकेटले पराजित भएको थियो ।

यो ओडीआई सिरिजपछि नेपालले क्यानडा र ओमानसँगै टी-२० सिरिज पनि खेल्नेछ । यसपछि नेपाल लिग २ का लागि अमेरिका जानेछ । त्यहाँ अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुवै सिरिज हुनेछ ।