८ आश्विन २०८१, मंगलवार
,
Latest
अनुमति बिना तेजाबको बिक्री र प्रयोगमा रोक लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री महिला विश्वकपको आधिकारिक गीत सार्वजनिक (भिडियोसहित) फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न निर्देशन नेपाल आउँदै फिफा अध्यक्ष इन्फान्टिनो परीक्षामा एआईको प्रयोग गरेकोमा परीक्षा रद्द हुने जुनैदले भने– आमिर खानको छोरा भएर फिल्म ‘महाराज’मा काम पाएँ सागसब्जी खेतीबाटै दैनिक १० हजार कमाई श्रीलंकाका लागि प्रस्तावित राजदूत भट्टराईले फिर्ता लिए नाम
तपाईं के खोज्दै हुनुहुन्छ ?

पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन



Exif_JPEG_420
अ+ अ-

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ बुद्धचोकस्थित पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन भएको छ ।

लुम्बिनी प्रदेश सरकारको ‘एक जिल्ला, एक अस्पताल’ नीतिअनुसार रु १३ करोड ६६ लाख लागतमा ५० शय्याको अस्पतालको भवन निर्माण गरिएको थियो । निर्माण कम्पनीले भवन हस्तान्तरण नगर्दा नयाँ भवनबाट बिरामीलाई सेवा दिन कठिनाइ भइरहेको पृथ्वीचन्द्र अस्पतालका सूचना अधिकारी गोविन्दबहादुर ज्ञवालीले जानकारी दिनुभयो ।

भवन निर्माण कम्पनीका इन्जिनियर अरविन्द मण्डलका अनुसार नयाँ भवनमा अस्पतालले विद्युत् जडान नगरेकाले हस्तान्तरणमा समस्या भएको बताउनुभयो । उहाँका अनुसार भवनको रङरोगन र ‘फिनिसिङ’लगायतका काम सम्पन्न भइसकेको छ ।

अस्पतालको भवन सञ्चालनमा आएसँगै त्यहाँ कार्यरत चिकित्सकलाई आवास र बिरामीलाई पनि थप सहज हुने अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र गुप्ताले बताउनुभयो । भवन हस्तान्तरण गर्नेबित्तिकै बिरामीलाई सोही भवनबाट आइसीयू सहित अन्य स्वास्थ्य सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।