२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
राष्ट्रपति रनिङ सिल्डमा बागमती टिम च्याम्पियन विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै



अ+ अ-

काठमाडौं ।आईसीसी विश्वकप लिग–२ मा आज नेपालले घरेलु टोली क्यानडासँग भिड्दैछ । किंग सिटीमा हुनलागेको खेल नेपाली समय अनुसार राती ८: ४५ बजेबाट सुरु हुनेछ ।

यसअघि त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भएको थियो । नेपालले ओडीआईमा क्यानडासँग हारेको यो एकमात्रै खेल हो ।

सिरिजको दोस्रो खेलमा पनि नेपालले ओमानसँग हार बेहोरेको थियो ।

आजको खेलमा क्यानडालाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउन चाहन्छ । लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले चौथो खेल असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।