२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वकप लिग–२: नेपाल र क्यानडा भिड्दै



अ+ अ-

काठमाडौं ।आईसीसी विश्वकप लिग–२ मा आज नेपालले घरेलु टोली क्यानडासँग भिड्दैछ । किंग सिटीमा हुनलागेको खेल नेपाली समय अनुसार राती ८: ४५ बजेबाट सुरु हुनेछ ।

यसअघि त्रिकोणात्मक ओडिआई सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १०३ रनले पराजित भएको थियो । २५४ रनको लक्ष्य पछ्याएको नेपाल ४०.१ ओभरमा १५० रनमा अल आउट भएको थियो । नेपालले ओडीआईमा क्यानडासँग हारेको यो एकमात्रै खेल हो ।

सिरिजको दोस्रो खेलमा पनि नेपालले ओमानसँग हार बेहोरेको थियो ।

आजको खेलमा क्यानडालाई हराउँदै लिग टुमा नेपाल दोस्रो जित दर्ता गराउन चाहन्छ । लिग टुको अंक तालिकामा नेपाल ६ खेलमा २ अंकका साथ तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।क्यानडा १० खेलमा १२ अंकका साथ दोस्रो स्थानमा छ ।

त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले चौथो खेल असोज ८ गते ओमानविरुद्ध खेल्नेछ ।