३१ श्रावण २०८३, आईतवार
,
Latest
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलियातर्फ  बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत



अ+ अ-

काठमाडौं। एसियन सिनियर कराते च्याम्पियनसिपमा नेपालकी एरिका गुरुङले ऐतिहासिक रजत पदक जितेकी छिन् ।

चीनमा आईतबार सम्पन्न ६८ केजी माथीको तौल समुहको फाइनलमा भियतनामकी एनगोवान नुगेनसँग पराजित भएपछि उनी स्वर्णबाट बन्चित भइन् । नुगेनले एरिकालाई ६-० ले स्तब्ध बनाएकी हुन् ।

शुक्रबार लगातार तीन बाउट जितेर एरिकाले च्याम्यपियनसिपमा फाइनलको यात्रा तय गरेकी थिइन्। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाएकी थिइन्।

यसअघि एसियन सिनियर कराते च्याम्पियनसिपमा कुनैपनि नेपाली खेलाडी फाइनल पुग्न सकेको थिएन। एरिका एसियन गेम्सकी पनि रजत पदक विजेता हुन्।

एरिकाले गत एसियाली खेलकुदमा नेपालका लागि रजत दिलाएकि थिइन्। एसियाली खेलकुदको एकल स्पर्धामा नेपालले जितेको त्यो इतिहासकै दोस्रो रजत पदक थियो।

सन् १९९८ को एसियाडमा तेक्वान्दोकी सवितराज भन्डारीले अन्तिमपटक रजत जितेकी थिइन्।