६ आश्विन २०८१, आईतवार
,
Latest
काँग्रेस–एमालेबीच लिखित समझदारी नभएको भएपनि संविधान संशोधन आवश्यक थियो: सांसद निधी मेडिकल व्यवसायी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतमा पेस उपलब्धिको रक्षा गर्नेगरी संविधान संशोधन भए सहयोग गर्न तयार छौँ: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ संविधन संशोधनको कुरा गर्दा झस्किनु पर्दैन: गृहमन्त्री लेखक संविधान संशोधन सरकारको मात्रै विषय होइन: सभामुख घिमिरे गोरखा मिडिया नेटवर्कका संञ्चालक छविलाल जोशी पक्राउ आमसञ्चार माध्यम लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्ड: राष्ट्रपति पौडेल श्रीलंकामा कुनै उम्मेदवारले पाएनन् ५० प्रतिशत मत, अब दोस्रो चरणको मतगणना हुने रामेछापमा बलेरो दुर्घटना, एकको मृत्यु, छ घाइते कोप—२९ लाई उपलब्धिमुलक बनाइन्छ: वनमन्त्री शाही
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय



file photo
अ+ अ-

काठमाडौं । महान्यायाधीवक्ता कार्यालयले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिने निर्णय गरेको छ ।

बलात्कार मुद्दामा उच्च अदालत पाटनले दिएको सफाइविरुद्ध महान्यायाधीवक्ता कार्यालयले सर्वोच्च जाने निर्णय गरेको हो ।

उच्च सरकारी वकिलको कार्यालय पाटनले मुद्दाको फैसलाको पूर्णपाठसँगै फैसला विरुद्ध पुनरावेदन गर्नुपर्ने भनी राय तयार पारेको थियो । उक्त फाइलको अध्ययनपछि महान्यायाधीवक्ता कार्यालयले मुद्दाको पुनरावेदन गर्ने निर्णय गरेको हो ।

गौशाला २६ ले भने सन्दिपविरूद्ध बलात्कारको मुद्दा अघि नबढाउन उच्च सरकारी वकिल कार्यालय पाटन पुगेर निवेदन दिएकी थिइन् ।

अब सन्दिपले सर्वोच्च अदालतमा सामना गर्नुपर्ने हुन्छ। हाल उनी आईसीसी लिग-२ खेल्न क्यानडामा छन् ।