३१ श्रावण २०८३, आईतवार
,
Latest
बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नरेशले ममताको हत्या गरी फरक–फरक ठाउँ डिस्पोज गरेका थिए



अ+ अ-

काठमाडौं । अमेरिकाको भर्जिनियामा ममता भट्टको हत्या श्रीमान नरेश भट्टले गरेका लगभग निश्चित भएको छ । ममताको हत्या गरी शरीर टुक्राटुक्रा पारी फरक–फरक ठाउँमा डिस्पोज गरेका प्रमाण अदालतमा पेश भएका छन् ।

नरेशविरुद्ध ठोस प्रमाण नभएको भन्दै उनका वकिलहरुले धरौटी अपिल गरेपछि ‘मोसन हियरिङ’ राखिएको थियो । अहिलेसम्म शव नभेटिएकाले शंकाकै आधारमा नरेशलाई थुनामा राख्न नमिल्ने उनका वकिलहरुले जिकिर गरेका थिए ।

सरकारी वकिलहरुले नरेशले हत्या गरेको प्रमाण र भिडियो फुटेजहरु अदालतमा पेश गरेका छन् । ममता बेपत्ता भएपश्चात र प्रहरीले उनको घरमा खानतलासी गर्नुअघि नरेशले पटकपटक गरी आफ्नो कारमा ट्र्यास ब्यागहरु बोकेर फरक–फरक ठाउँमा लगेर फ्याँकेको पाइएको छ ।

उनले कारबाट ट्र्यास ब्याग झिकेर फोहोरको कन्टेनरमा हालेको सीसीटीभी फुटेजमा प्रष्ट देखिएको छ । नरेशले जुलाई २९ र ३० मा घरबाट १२ पटकसम्म ट्र्यास टाढा लगेर व्यवस्थापन गरेका पाईएको छ ।

सरकारी वकिलको अनुसार प्रहरीले घरमा खानतलासी गर्न आउनु अगाडि नै नरेशले लाशको व्यवस्थापन गरिसकेको र घरभित्र पनि सबै सरसफाइ गरेर बसेका थिए । उनले ट्रयास ब्यागमा आफ्नो फिङ्गरप्रिन्ट नबस्ने गरी ग्लोभ्स र नेपकिन पेपर प्रयोग गरेका पाईएको छ । घटनापछि उनले आफ्नो टेस्ला कार बिक्री गरेका थिए ।

ममता अन्तिमपटक २७ जुलाईमा आफूले काम गर्ने ठाउँमा गएकी थिइन् । नरेशले भने ३१ तारिखको राति ममता घरमै रहेको र भोलिपल्ट अफिस गएको दाबी गरेका छन् ।