३१ श्रावण २०८३, आईतवार
,
Latest
बस्ती पसेको बाघ नियन्त्रणमा सुदूरपश्चिममा वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह जनकपुरधामको फोहोर व्यवस्थापनमा बर्सेनि करोडौं खर्च, अहिलेसम्म छैन ल्यान्डफिल साइट गुल्मीमा दुई महिनादेखि हवाई सेवा प्रभावित मानवीय सहायताका लागि सात सयभन्दा बढी ट्रक पाकिस्तान हुँदै अफगानिस्तान भित्रिए ‘बङ्गलादेशः हसिना फिर्ता नभएसम्म प्रधानमन्त्री रहमान भारत भ्रमण नगर्ने ‘ इन्डोनेसियामा ३४१ परकम्प; भूकम्पमा मृत्यु सङ्ख्या ५१ पुग्यो, हजारौँ विस्थापित खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु व्यावसायिक गतिविधि बढाउन निजी क्षेत्रको प्रोत्साहन आवश्यक: चन्द्रप्रसाद ढकाल जाजरकोट पहिरोः सेनाद्वारा ३०० जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मार्क्सवादी दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने, रनिल विक्रमासिंघेको हार



अनुरा कुमारा दिसानायका
अ+ अ-

रोयटर्स, कोलम्बो । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाको राष्ट्रपति चुनावमा मार्क्सवादी नेता अनुरा कुमारा दिसानायकेले ठूलो जित हासिल गरेका छन् ।

यससँगै अनुरा कुमारा दिसानायके श्रीलंकाको भावी राष्ट्रपति हुने लगभग पक्का भएका छन्। कुल ७५ प्रतिशत मतदान भएकोमा दिसानायकेले ४९.८ प्रतिशत मत पाएका छन् । जबकि समगी जन बालवेगया नेता सजित प्रेमदासाले २५.८ प्रतिशत मत प्राप्त गरेका छन् ।

वर्तमान अध्यक्ष तथा युनाइटेड नेशनल पार्टीका नेता रनिल विक्रमासिंघेले १६.४ प्रतिशत मत प्राप्त गरेका छन् । छ पटकका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले सन् २०२२ को जुलाईमा गोताबाया राजापाक्षेले राजीनामा दिएपछि अन्तरिम राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए।

अनुरा कुमारा दिसानायकेको पार्टीको नाम जनता विमुक्ति पेरेमुना हो। यो राष्ट्रिय जनशक्तिगठबन्धनको हिस्सा हो। गठबन्धनबाट अनुरा कुमारा उम्मेदवार बनेका थिए। अनुरा कुमाराको पार्टीले अर्थतन्त्रमा बलियो राज्यको हस्तक्षेप, कम कर र थप बन्द बजार जस्ता आर्थिक नीतिहरूलाई समर्थन गरेको छ ।५५ वर्षीय अनुरा कुमार दिसानायकेलाई श्रीलंकामा भावुक भाषण दिने नेताका रूपमा चिनिन्छ।