२४ भाद्र २०८३, बुधबार
,
Latest
ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह गायक नवीन पौडेल राहत सामग्री लिएर बाढी प्रभावित क्षेत्रमा लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता घरेलु हतियारसहित तीन जना पक्राउ टेलिकमद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १० करोड सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी राष्ट्रपति बाइडेन र अष्ट्रेलियाका प्रधानमन्त्री अल्बनिजबीच भेटवार्ता



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर २० मा डेलावेयरको विल्मिङ्टनमा अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बेनिजसँग भेट गर्नुभएको छ ।

भेटवार्ताका क्रममा दुबै पक्षले साझेदारीका लागि एकअर्कालाई धन्यवाद दिँदै द्विपक्षीय सम्बन्धबारे समिक्षा गर्नुभयो ।

नेताहरूले अमेरिका–अष्ट्रेलिया गठबन्धन द्विपक्षीय सम्बन्धको मूल रहेको कुरामा जोड दिँदै यसका तीन स्तम्भहरूः रक्षा र सुरक्षा, आर्थिक र जलवायु र स्वच्छ ऊर्जा क्षेत्रमा भएको प्रगतीबारे छलफल गर्नुभयो ।

दुबै नेताले दुई देशबीचको बलियो आर्थिक सम्बन्धलाई प्रतिबिम्बित गर्नुभयो र जलवायु परिवर्तन र स्वच्छ ऊर्जा संक्रमणलगायत नयाँ चुनौतिको सामना गर्न गठबन्धनलाई आधुनिकीकरण गर्न विगत दुई बर्षमा भएको प्रगतिबारे छलफल गर्नुभयो ।

उहाँहरुले महत्वपूर्ण खनिज आपूर्ति श्रृङ्खला निर्माणका लागि सहयोग विस्तार गर्ने र जापानको हिरोशिमामा मे २०२३ मा हस्ताक्षर गरिएको “कम्प्याक्ट“ अनुसार स्वच्छ ऊर्जामा संक्रमणलाई गति दिने प्रतिबद्धता पनि दोहोर्याउनुभएको छ ।

दुई नेताहरूले ताइवान स्ट्रेटमा शान्ति र स्थिरता कायम गर्न आफ्नो समर्थन, रुसको क्रूर आक्रमण विरुद्ध युक्रेनको रक्षा गर्न निरन्तर सहयोग र गाजाका जनतालाई दिगो युद्धविराम र मानवीय सहायता बढाउनका लागि आफ्नो समर्थनबारे पनि छलफल गर्नुभएको छ ।

साथै दुई देशका वरिष्ठ नेताहरूले स्वतन्त्र र खुला इन्डो–प्यासिफिकका लागि आफ्नो साझा दृष्टिकोणलाई अगाडी बढाउन द्विपक्षीय साझेदारीलाई गहिरो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैबीच, अल्बनिजले बाइडेनसँग तस्बिर सार्वजनिक गर्दै अष्ट्रेलिया र अमेरिका शान्ति, समृद्धि र स्थिरताका लागि एकसाथ उभिएको बताउनुभएको छ ।