२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली सेनाको टोली अभ्यासका लागि चीन प्रस्थान



अ+ अ-

काठमाडौँ : नेपाली सेना र चीनको जनमुक्ति सेनाबीच यही असोज ५ देखि १५ गतेसम्म ‘सगरमाथा फ्रेन्ड्सिप’ अभ्यास हुनेभएको छ । उक्त अभ्यासमा सहभागी हुन नेपाली सेनाको टोली आज चीन प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

नेपाली सेनाले विपद् व्यवस्थापन, मानवीय सहयोग, संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनलगायत कार्यमा क्षमता अभिवृद्धि गर्ने सन्दर्भमा विभिन्न देशका सेनासँग यस्ता अभ्यास र पेसागत प्रतियोगितामा सहभागिता जनाउँदै आएको छ ।

विसं २०७४ देखि सुरु भएको उक्त अभ्यासअन्तर्गत यो चौथो संस्करण चीनको चोङ्क्वीङमा हुनेछ । उक्त अभ्यासमा विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसन, प्रतिआतङ्कबादलगायत विषयमा ज्ञान आदानप्रदान हुने सेनाले स्पष्ट गरेको छ ।

नेपाल तथा चीनमा प्रत्येक वर्ष आलोपालोमा सञ्चालन हुँदै आएको उक्त अभ्यास कोभिड–१९ को महामारीपछि केही वर्ष स्थगित भई पुनः सञ्चालन हुन लागेको निर्देशनालयले जनाएको छ ।

यसैबीच नेपाल र संयुक्तराज्य अमेरिकी सेनाबीच गत भदौ ३० गतेदेखि सञ्चालित संयुक्त अभ्यास ‘प्यासिफिक एन्जल’ आज सम्पन्न भएको छ ।रासस