१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल

हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल
अ अ+ अ-

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मनपरी ढंगले चल्ने र नेकपा (एकीकृत समाजवादी) लाई बेवास्ता गर्नेकुरा निन्दनिय र आलोच्य भएको टिप्पणी गर्नुभयो । उहाँले सबैकुरामा छलफल गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताउनु भयो ।

उहाँले राष्ट्रियता, लोकतन्त्र, परिवर्तनको सवालमा कसैले सहकार्य गर्न आफूहरु हातेमालो गर्न तयार रहेको बताउनु भयो । उहाँले संविधानमा संशोधन गर्नुपर्ने भएपनि मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुरा आवश्यक नरहेको बताउनु भयो । उहाँले संशोधनको विषयहरु आएपछि आफूहरु छलफल गर्न तयार हुने पनि बताउनु भयो । जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने र राम्रा कुरालाई समाप्त पार्नेगरी कुनैपनि संशोधन भए स्वीकार्य नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिजो मात्रै संविधान दिवस थियो । आज ४ गते हो । संविधान दिवसका सन्दर्भमा संविधानका राम्रो कुराहरु केके हुन्, भन्नेबारेमा व्यापक छलफल भए । हिजो राष्ट्रपतिको सम्बोधन पनि उहाँको भाषण पनि मैले सुनेँ । उहाँले संविधानको पोजिटिभ कुरालाई अघि सार्नुभयो । ति पोजेटिभ कुराको व्यापक प्रचारप्रसार गर्नुपर्छ । नेगेटिभ के छ रु त्यसबारेमा सुधारका लागि लाग्नुपर्ने आवश्यकता छ । अहिले संविधान संशोधनको बहस चलाउन खोजिएको छ । वास्तवमा संविधानमा संशोधन गर्नुपर्ने कुरा नभएका होइनन् । तर त्यसलाई मध्यरातमा सम्झौता गर्नुपर्ने, दुई दलले मात्रै गर्नुपर्ने कुनै आवश्यकता थिएन । त्यसबारेमा धेरै कुराहरु आइरहेका छन् । नियतमाथि प्रश्न खडा भएको छ । उद्देश्यमाथि प्रश्न खडा भएको छ । म त्यसमा धेरै प्रवेश गर्न चाहन्न ।

पहिला कुरा आओस्, हामी सबै कुरामा छलफल गर्न तयार छौँ । तर जनताको अधिकारलाई कमजोर बनाउने गरी, जनताको सार्वभौम अधिकारलाई कमजोर बनाउने गरी र यसका राम्रा कुरालाई समाप्त पार्नेगरी यस्ता कुनैपनि कुरा आउँछन् भने त्यो हामीलाई स्वीकार्य हुनेछैन । तर यत्तिकै सजिलै गरी कसैले पास पनि गर्न सक्दैन । राष्ट्रिय सभामा हामी एकतावद्ध भयौँ भने, त्यहाँ दुई तिहाई पुग्नेवाला छैन । त्यसो भएकाले चेतना भया, समयमै यो कुरामा होस् जाओस् । मनपरी ढंगले चल्ने र हाम्रो पार्टीलाई बेवास्ता गर्ने, अण्डरमाइण्ड गर्ने यस्तो प्रवृत्ति अत्यन्तै निन्दनिय छ । आलोच्य छ । हामी सबै कुरामा छलफल गरेको चाहन्छौँ । हामीसँग राष्ट्रियताको सवालमा कसैले सहकार्य गर्न चाहनुहुन्छ भने, लोकतन्त्रको सवालमा, परिवर्तनको सवालमा सहकार्य गर्न चाहनुहुन्छ । एकतावद्ध भइ हातेमालो गर्न तयार छौँ ।’

अध्यक्ष नेपालले पार्टीका उपाध्यक्ष मेटमणि चौधरीले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालकै हो भन्ने मान्यता अघि सारिसकेपछि त्यसलाभई अझै गीतको विषय बनाउनुपर्ने आवश्यकता नरहेको बताउनु भयो । उहाँले सामाजिक सञ्जामा अबदेखि पार्टीकारिुद्ध जथाभावी नलेख्न पार्टीका नेता/कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो ।