२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

पलेशा र एरिकालाई वागमती सरकारको सम्मान



अ+ अ-

काठमाडौँ । पेरिस पारालिम्पिक्समा ऐतिहासिक काँस्य विजेता पलेशा गोवद्र्धन र एशियाली खेलकुदमा रजत विजेता एरिका गुरूङलाई वागमती सरकारले आज नगदसहित सम्मान गरेको छ ।

हेटौँडामा आयोजित कार्यक्रममा नेपालको लागि अहिलेसम्मकै ठूलो पदक विजेता पलेशालाई नगद १० लाख प्रदान गरी सम्मान गरिएको हो ।

प्रशिक्षक कविराज नेगी लामालाई २ लाख प्रदान गरिएको छ । यसैगरी एशियाली खेलकुदमा नेपाललाई रजत दिलाएकी एरिकाई ५ लाखसहित सम्मान गरिएको छ । एरिका एसियन च्याम्पियनसिपमा भाग लिन चीनमा रहेको कारण उहाँकी माता रत्ना गुरुङले सम्मान ग्रहण गर्नुभयो । उहाँका प्रशिक्षक कुशल श्रेष्ठलाई एक लाखसहित सम्मान गरिएको छ ।

यसैगरी तेक्वान्दो र करातेको प्रदेश संघलाई नगदबाट सम्मान गरिएको हो । कार्यक्रम अघि पलेशा र उहाँका प्रशिक्षक लामालाई नगर परिक्रमा गराइएको थियो ।